ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

मिसन ग्रासरूट: नेकपा (एमाले) छत्रदेव ५ छत्रगञ्ज आयोजनामा अभिमुखिकरण कार्यक्रम समपन्न
  • हजुरकाे पाेष्ट

  • २७ फागुन, अर्घाखाँची / छत्रदेव गाउपालिका वडा न ५ काे छत्रगञ्जमा – मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तर्गत नेकपा (एमाले) छत्रदेव गाउपालिका वडा ५ मा कमिटीको आयोजनामा वडा तहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।

    अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य कमरेड भाेजवहादुर गन्दर्भ, जिल्ला कमिटि सदस्य तथा छत्रदेव इन्चार्ज कमरेड माधव पन्थी, जिल्ला कमिटी सदस्य तथा छत्रदेव गाउपालिका अध्यक्ष कमरेड रामजि प्रसाद पाण्डे, जिल्ला कमिटि सदस्य रुपा प्रधान , राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कमरेड शाेभाखर पाण्डेय राष्ट्रिय जनजाति महासंघ नेपाल केन्द्रीय सदस्य कमरेड पवित्रा श्रेष्ठ, पालिका कमिटि उपाध्यक्ष कमरेड शान्ता थापा लगाएतकाे उपस्थितिमा सञ्चालन भएको छ । अतिथिहरुले पार्टीको वारेमा धारणा तथा प्रशिक्षण सञ्चालन गर्नुभयो । मिसन ग्रासरुट अभियान वडा तहका नेताहरुलाइ अभिमुखिकरण गराउनु भएको थियो।

    वडा कमिटी ले साविका वडाहरुलाइ विभिन्न टाेलमा विभाजन गरि तपसिलकाे मितिमा टाेल भेला गर्ने निर्णय गरेकाे छ , वडा न १ ,2,3 मा चैत्र ५ गते , वड ४, ५,६ काे चैत्र ६ गते , साविक ७ ७ गते, साविक ८ ,९ चैत्र ८ गते र साविक ५ अर्बुन धारिचाैरमा चैत्र ७ गते टाेल भेला गर्ने निर्णय गरियाे ।वडा न १ मा प्रदेश कमिटि सदस्य भाेजवहादुर गन्दर्भ, वडा इन्चार्ज कमरेड प्रेम आचार्यवडा न २ मा मनि शर्मा पन्थी र दुर्गा प्रसाद पन्थी, ३ मा कृष्ण फुल्लेल र भाेजवहादुर रायमाझी, ४ मा भाेजवहादुर गन्दर्भ र प्रेम आचार्य, ५ मा मनि पन्थि र दुर्गा पन्थी, ६ मा कृष्णप्रसाद फुल्लेल र झविन्द्र रायमाझी ७ मा कृष्णप्रसाद फुल्लेल, मनि पन्थि र ८र९ मा प्रेम आचार्य खटिने गरि निर्णय गरेकाे छ ।
    टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेको छ।

    साथै यश वैठकले पार्टी र जनप्रतिनिधि विचकाे छलफल गर्ने आगामी चैत्र १८ गते पार्टीका सम्पूर्ण जनसंगठनकाे भेला तथा पुर्नगठन गर्ने र साे दिन नै पार्टी प्रशिक्षण समेत गर्ने गरि निर्णय गर्याे । कार्यक्रम वडा कमिटी अध्यक्ष दुर्गाप्रसाद पन्थी काे अध्यक्षता र सचिव कमरेड झविन्द्र रायमाझी काे सञ्चालनमा वैठक सम्पन्न भएको छ ।

  • २७ फाल्गुन २०७९, शनिबार प्रकाशित

  • Nabintech