ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

जीवनस्तर उकास्ने कुराले समाजमा सकारात्मक परिवर्तन ल्याउंछ ।
  • यज्ञमुर्ति पाण्डे

  • ब्यक्ति परिवार आजको समाजमा परिवतनको दौरानमा छ्न ।त्यो केवल नया पेसाको लागि नया शिक्षा होस वा नया पेसाको लागि आफ्नो मौलिक ठाउ पेसा छाडेर बिभिन्न नया सिकाइको अभ्यासमा लम्केको देख्न सकिन्छ । यो परिस्थितिको बाब्जुत भन्न सकिन्छ कि ब्याक्तिगत रुपमा आफ्नो जिवनस्तर उकास्ने क्रम्ले गर्दा समाजमा नया आयाम देखा पर्न थालेको हो ।बिनम्रताका साथ के पनि भन्न सकिन्छ भने यो परिवर्तको भागेद्वार हाम्रो पुस्ताको समाजलाइ जान्छ हामि नै त्यो नया पेसा ब्यबसाय प्रति लालाहित छौं र परिवार लाइ पनि त्यता तिर जवर्जस्त ढंगले लैजाने प्रण गरिसकेका छौ ।


    परिवर्तनको शैलिमा उकास्ने भन्ने शब्द कुनै नौलो कुरा होइन ! हरेक दिन कुनै न कुनै हिसावले परिवर्तन देखिएकै हुन्छ र त्यसैलाई आत्मसाथ गर्दै आफ्नो जीवनशैलि पनि परिवर्तन भैरहेको हुन्छ यो अनुभब गर्ने कुरा हो। जबकि समाज परिवर्तन नभई व्यक्ति परिवर्तन हुन सक्दैन र व्याक्ति, संस्था, ब्याक्तिगत रुपमा परिवर्तन नभएसम्म त्यो समाज परिवर्तन हुन सक्दैन । यदि समाज परिवर्तन नगराउने कुनै सुचक हो भने त्यो मौलिक परम्परा हुनसक्छ।


    मौलिक परम्परा पनि परिवर्तन हुदै नहुने भन्ने त हैन केबल आजको समाजलाइ दृस्टिगत गर्दा भन्न सकिन्छ कि आफ्नो मौलिकता भन्दा बहिरका कुरा जति सहज रुपमा परिवर्तन भएर समाजमा छिरन सक्छ्न भने मौलिक परम्परागत रुपमा सर्बमान्य मनिएका धर्म, भाषा, कुल पुजा, रितिरिवाज आदि यस्ता अनेकौ कुराहरु फरक फरक समाजमा यथास्थिति रहिरहेका छन। समाज परिवर्तन देखिने क्रममा यस्ता कुरा खसै देखिदैनन पनि ब्याक्तिगत रुपमा वा पारिवारिक रुपमा आफ्नो जिवनस्तर उकास्ने क्रममा जो कसैले पनि देखाउन चाहादैनन सबैलाइ आफ्नो परम्परागत रुपको शैलि थाहा भने हुन्छ कतिले उच्चारण गर्दछ्न भने कतिले यो झमेलामा पर्न चाहान्न यो सामान्य कुरा हो।


    यो लेखमा अध्यान गर्न खोजिएकोको कुरा के हो भने समाजमा ब्यक्तिगत रुपमा आउने परिवर्तनले समाजमा के कति परिवर्तन ल्याउन सक्दछ भन्ने बरेमा चर्चा हुनेछ । आज जो ब्यक्ति तीस पैतिस बर्ष पुगेका र गाउ घरमा जन्म भइ शहरको रौनक चाख्नको लागि शहर छिरेका ब्यक्तिको जिवन लाइ नजिकबाट नियलेर हेर्ने हो भने यो सिर्शकमा भन्न खोजिएको कुरा छर्लङ्ग हुन्छ ।


    नेपाली समाज पछिल्लो एक दुइ दसक एता निकै ब्यस्त ब्यक्तिगत वा पारिवारिक जिवनलाइ के कसरी हुन्छ बदल्ले प्रयत्न तीर लागिरहेको पाहिन्छ वास्तवमा भन्ने हो भने आफ्नो बास्तबिक परिचय लाइ नया ढङबाट कसरी चिनाउन सकिन्छ र नया परिचय समाजमा कसरी स्थापित गर्न सकिन्छ भन्नेमा नै लागिपरेको देख्न सकिन्छ । यसैगरी यो जमातले नया समाजको परीकल्पना गरेको पनि नया शैलिका बानि ब्याबहारले देखाउने गर्दछ । कुनै जागिरको हिसाबले कुनै ब्यापारिक हिसाबले कुनै राजनैतिक हिसाबले कुनै शैक्षिक हिसाबमा अब्बल हुने यसरी नया परिचय बाट आफुलाइ बदल्ले प्र्यासले गर्दा समाजमा एक प्रकारको परिवर्तन अबस्य देख्न पाहिन्छ ।


    विश्वमा भएको नया चमत्कार लाइ सुचना प्रबिधिले नेपाली समाजमा प्रतक्ष्य रुपमा असर परेको देख्न सकिन्छ । किनभने आज स्कुल जदै गरेको बच्चा लाइ सोध्नु भयो भने उसले आफ्नो बाबा आमाको पेशा भन्दा फरक डाक्टर इन्जिनियर पाइलट कुनैपनि भन्न सक्दछ यानिकि पुरानो समाजलाइ सम्झन पनि सक्दैन । यो उत्पादनले के पुरानै समाजलाइ प्रोत्साहन गर्ला अबस्यपनि गर्दैन भन्न के मानेमा पनि भन्न सकिन्छ कि पौराणिक कुराहरु त्यो बच्चाहरुको दिमाग बाट हटेर नया बिषयमा बिलय भयो र नया बिषयमा बहस गर्न रुचाउने भए यसरी नया समाजको उत्पादन हुने क्रम जारी छ । उता आफ्ना अबिभाग पनि यसमै रमाउने गर्दा आफ्नो मौलिकता वा पुर्खाको जिवनशैलिमा नफर्कने पक्का पक्कि भएको जस्तो देख्न सकिन्छ ।


    माथि उठान गरेको बिषय मौलिक परम्परा लाइ यहा आधुनिक समाज सग जोडेर हेर्दा समाजशास्त्र आधार मानेर ब्याख्या गर्ने हो भने यसको निचोडमा पुग्न सजिलो हुन्छ । केबल मौलिकता भनेको आफ्नो पुर्खाले के गरे भन्ने कुरा हो तर बर्तमान समाजलाइ हेर्ने हो भने बिलकुलै फरक जस्तो देख्न सकिन्छ । आजको समाज कतातिर गएको छ त्यतातिरको चेस्टा गर्न उत्तम हुन्छ किनकि पेसागत रुपमा जोडिन आएको शिक्षा र दैनिकि आम्दानी हुने काम छडेर अर्को कुरामा सरिक नहुने कुरा सामान्य हो। तर यो हुनको लागि पनि प्रसस्त आधार हुनु मुख्य कुरा हो बिषयगत पठनपाठन र पुजिवादको थालनि हुनु यसको मुख्य कारण मान्न सकिन्छ ।


    ब्यक्तिको देखासुखि गरेर अर्को अघाडि बढ्दा प्रतिस्पर्धा भन्ने शब्दले स्थान पायो यसैलाइ आधार मानेर नया समाजको जन्म भएको छ । बास्तबमा प्रतिस्पर्धा प्रतिस्पर्धी हरुले नै नया शिक्षा वा ब्याबसायको जन्म भयको मान्न सकिन्छ । परन्तु यसरी एक पछि अर्को नभएको भय सायद आजको यो आधुनिक समाज देख्न पहिने थिएन होला । अझ के पनि भन्न सकिन्छ भने प्रबिधिको कुरा गर्ने हो भने एउटा उत्पादन उस्तै भयो भने नयाको नाम नै हराएर जाने हुदा पनि नया खोज अनुसन्धान तिर लम्केको पाउन सकिन्छ । यसरी नया उत्पादन हरुले नया समाजमा प्रत्यक ब्याक्तिले फरक फरक स्थान र परिचय पाउने गरेका छन ।


    यसरी नया उत्पादनले ब्यक्तिलाइ उत्साह दिदै प्रमोट गरी आजको समाज सम्म ल्याइपुर्याएको इतिहास छ । पुराना बिज्ञ हरुको खोज अनुसन्धान लाइ आधार मानी नया नाम दिदै आज बिश्वब्यापि रुपमा पुराना कुरालाइ आधार मानि अध्यान अनुसन्धान गर्ने काम भएका छन । मानिसलाइ कसरी उन्नत बनाउन सकिन्छ भन्ने तिरको खोजि बिकसित मनिने देशहरु लागिपरेको बिभिन्न मिडिया मार्फत सुन्न पहिन्छ । यो परीदृश्यले गर्दा आगामि दिनहरुमा एक परिवार भित्र पनि ब्यक्तिगत रुपमा फरक फरक बिज्ञता र पेसा भएको समाजको परिकल्पना गर्न सकिन्छ ।


    समग्रमा भन्नुपर्दा ब्यक्ति वा परिवार त्यो समाजको मुख्य भागेदार पात्र हो । किनभने ब्यक्ति ब्यक्ति बिचको अन्तरसम्बन्ध जस्तो हुन गयो त्यो समजको स्वरुप त्यस्तै देखिन जाने हो । त्यसकारण आजको नया खोज अनुसन्धान हुदै अघाडि बढेको समाज कतातिर गएर कस्तो सम्म हुने हो कुनै टुङो छैन । तीस बर्षको इतिहास लाइ हेर्ने हो भने आजको समाजको त्यो समयमा परिकल्पना पनि गरिएको थिएन भने अबको दश बर्षको समाजलाइ आजको प्रबिधिको बिकास र खोजमुलक कार्यमा आएको तिब्रताले गर्दा कता पुर्याउने हो आज मुलभुत रुपमा भन्न सकिने अबस्था छैन ।

    #यज्ञमुर्ति पाण्डे

  • २८ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech