१ चैत्र, अर्घाखाँची / राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँची काे आसन्न नवाैं जिल्ला अधिवेसन भव्य रुपमा सम्पन्न गर्न तयारी वैठक सम्पन्न गरि कामकाे जिम्मेवारि समेत वाडफाड गरेकाे छ ।
अधिवेशन यहि चैत्र ४ गते सम्पन्न गर्ने गरि लागेकाे वताएका छन् ।
नवाैं अधिवेशनमा प्रमुख अतिथिमा नेकपा एमालेका केन्द्रीय सचिव टाेपवहादुर रायमाझी र विशिष्ट अतिथिमा पुर्व मन्त्री महेश वस्नेत र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय पदाधिकारी तथा लुम्बिनी प्रदेशका अध्यक्ष लगाएका नेताहरु आउनेगरी कार्यक्रम तय भएको छ। वैठक नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष पिताम्वर भुषालकाे प्रमुख आतिथ्यता, राष्ट्रिय युवा संघ नेपालका फ्याक्सन ईन्चाज खुविराम आचार्य राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य गाेविन्द आचार्य, नेकपा एमाले सन्धिखर्क राष्ट्रिय युवा संघ नगर इन्चार्ज ज्ञानेन्द्र घिमिरे लगाएतकाे वैठकमा जिल्ला संयाेजक कमरेड शाेभाखर पाण्डेकाे अध्यक्षता र सह सचिव ऋषि पन्थीकाे सन्चालनमा सम्पन्न भएको छ ।