ब्रेकिङ

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

१० राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे नवाै जिल्ला अधिवेशनकाे तयारी वैठक सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न
  • हजुरकाे पाेष्ट

  • बुटवलल४,रूपन्देही,देशकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड मा.वि बुटवलले विद्यालय तह पूरा गरि विश्व विद्यालय तह प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कक्षा ११ का विद्यार्थीद्वारा आजाेजना गरेको कार्यक्रममा कक्षा १२काे परीक्षामा सामेल हुने विद्यार्थीलाई डिमल्यान्ड हाेटल मणिग्राममा सम्पन्न भएको छ। अक्सफोर्ड मा. वि का विद्यालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बाेर्ड बुटवल शाखा प्रमुख राेमाकान्त तिवारीकाे प्रमुख आतिथ्यता , राष्ट्रिय कलाकार प्रमाेद खरेलकाे विशिष्ट आतिथ्यता,राष्ट्रिय परीक्षा बाेर्ड बुटवल शाखा अधिकृत बाबुराम भण्डारी , अक्सफोर्ड मा.वि का प्राचार्य दिनेश भुसाल,प्राध्यापक सुमन भुसाल ,क्याम्पस प्रमुख मनाेज मरासिनी,क्याम्पस अध्यक्ष अजित खनाल,अक्सफोर्ड मा.वि सञ्चालक समिति सदस्य ललित खरेल ,लेखा समिति संयाेजक राेषराज भण्डारी ,प्राध्यापक दिवाकर रेेग्मी,थानेश्वर भण्डारी,गाेविन्द गाैतम,सन्जय मरासिनी,माया घिमिरे ,नारायण सापकोटा ,अक्सफोर्ड मा.वि लेखा समिति संयाेजक राेषराज भण्डारी ,प्राध्यापक वीर बहादुर क्षेत्री,धर्म पाैडेल ,पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

    कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ काे परीक्षाकाे तयारी गरेका विद्यार्थीलाई मायाको चिनाे प्रदान गरेका थिए। कार्यक्रममा राष्ट्रिय कलाकार तथा अक्सफोर्ड विद्यालयकाे गीतका गायककार प्रमाेद खरेलले विभिन्न गीतहरूमा प्राध्यापक,विद्यार्थी तथा कर्मचारीलाई छमछमी नचाएका थिए ।शुभकामना कार्यक्रममा खेल सप्ताह तथा राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिताका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियोे । करिब २१०० जना विद्यार्थी सहभागी कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूले आ आफ्ना नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बाेर्ड बुटवलका राेमाकान्त तिवारीले अक्सफोर्ड मा.वि राष्ट्रकै उत्कृष्ट विद्यालयकाे रूपमा पहिचान बनाउन सफल भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट र सिर्जनात्मक बनाउने तर्फ लाग्न सम्पूर्ण व्यबस्थापन पक्षलाई अनुरोध गर्नुभयो ।कार्यक्रममा बाेल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगत केही बर्षदेखि अक्सफोर्ड मा.वि ले राष्ट्रिय स्तरमा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको चर्चा गर्दै यसको गरिमालाई जाेगाउन आफुहरू निरन्तर लागेको बताउदै कक्षा १२ काे परीक्षामा सम्मिलित विद्यार्थीले समेत याे गरिमा जाेगाउन कटिबद्ध रहन आग्रह गर्नुभयो ।

    पुरस्कार वितरण तथा शुभकामना कार्यक्रममा बाेल्दै प्राध्यापक सुमन भुसालले प्राध्यापक,विद्यार्थी तथा अभिभावककाे मिहिनेतकाे कारण छाेटाे समयमै अक्सफोर्ड मा.वि राष्ट्रमै उत्कृष्ट बन्न सकेको चर्चा गर्दै संस्थाकाे गरिमालाई जाेगाउन र संस्कार सहितको शिक्षालाई स्थापित गर्न तन,मन र वचनले लागेकाे भन्दै कक्षा १२काे परीक्षाको तयारी गरेका विद्यार्थीलाई शुभकामना ब्यक्त गर्नुभयो ।कार्यक्रममा विभिन्न क्षेत्रमा अमुल्य याेगदान गर्नुहुने प्राध्यापकहरू महेश शर्मा ,केशव भट्टराई ,कृष्णप्रसाद पाण्डे,लक्ष्मण घिमिरे विष्णु बस्याल ,विपत चाैधरी,थानेश्वर भण्डारी,दिवाकर रेग्मी ,प्रदिप ज्ञवाली ,झविन्द् मरासिनी ,थानेश्वर भण्डारी ,सन्जय मरासिनी ,गाेविन्द गाैतम,राजकुमार पाण्डे ,सुशील खनाल ,विष्णु खनाल,अनिल न्याैपाने र बालकृष्ण प्राेखरेललाई दाेसल्ला,मायाको चिनाे तथा प्रमाणपत्रले सम्मान गरिएको थियोे ।

    १० बर्ष भन्दा लामाे समय सेवा गर्ने प्राध्यापक रामेश्वर ज्याेती,वीर बहादुर क्षेत्री तथा कर्मचारीहरू तेज बहादुर आले,विष्णु बहादुर सिंन्जाली र ज्ञान बहादुर थापालाई दाेसल्ला,प्रमाणपत्र तथा मायाको चिनाेले सम्मान गरिएको थियोे ।कार्यक्रमकाे सञ्चालन प्राध्यापक द्वय विष्णु खनाल,वीर बहादुर क्षेत्री तथा विद्यार्थीद्वय प्रशान्न के.सी ,सुदीक्षा भट्टराई लगायतले गर्नुभएको थियोे भने प्राध्यापक नारायण सापकोटाले मिठो कविता मार्फत विद्यार्थीहरूलाई शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

  • ४ चैत्र २०७९, शनिबार प्रकाशित

  • Nabintech