Web Design In Nepal

डा. मल्ल गंगालालको कार्यकारी निर्देशकमा नियुक्त

माघ ३, २०८० बुधबार 103

३ माघ, काठमाडौं । शहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा । रवि मल्ल नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा । मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

डा । चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ११ पुसमा डा । मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । मन्त्रालयकै प्रस्तावमा सरकारले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यस्तै नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेश चन्द्र न्‍यौपानेलाई मनोनयन गरेको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्