
बुटवल ७ रूपन्देही,राष्टिय युवा संघ नेपाल लुम्बिनी प्रदेशकाे प्रथम बैठक षुष्पलाल स्मृति भवन बुटवलमा सम्पन्न भएको छ।लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलकाे अध्यक्षता तथा नेकपा एमाले पाेलिटब्युराे सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतकाे प्रमुख आतिथ्यता,युवा संध नेपाल केन्द्रीय कमिटी उपाध्यक्ष रमेश तिवारी,केन्द्रीय महासचिव सुमन पुरी,सचिव खेमराज शर्मा,नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य ,नेकपा एमाले लुम्बिनी प्रदेश युवा इन्चार्ज तुल बहादुर अधिकारी,संगठन इन्चार्ज केशव राेकाहा,सह इन्चार्जद्वय जीवन अधिकारी ,पृतम पाैडेल,स्थायी कमिटीका सदस्यद्वय,केन्द्रीय कमिटी सदस्यहरूकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। बैठकले विभिन्न विभागहरू गठन गर्ने जिम्मेवारी युवा संघ नेपाल लुम्बिनी प्रदेश पदाधिकारीलाई प्रदान गरेकाे छ।साथै देशमा बडदै गएकाे अराजकताको विरोधमा चैतमा दाङमा युवा संघले बृहत् भेला गर्ने निर्णय गरेकाे छ।
![]()
![]()
फागुन मसान्तसम्म लुम्बिनी प्रदेशका ६ जिल्लामा युवा संघकाे पुर्ण बैठक सम्पन्न गर्ने ,गुल्मी ,कपिलवस्तु र पाल्पाको फागुन मसान्तसम्म अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले जानकारी गराउनुभयाे।बैठकमा बाेल्दै युवा संघ नेपालका उपाध्यक्ष रमेश तिवारीले दाङमा हुने युवा भेलाकाे विषयमा निर्देशनात्मक भनाइ राख्नुभएको थियोे ।महासचिव सुमन पुरीले संगठन सञ्चालन सम्बन्धि विषयमा मन्तब्य राख्दै युवा संघलाई दरिलो र भरिलाे बनाउन एक भएर लाग्नुकाे विकल्प नभएको बताउनुभयो त्यस्तै संगठनकाे प्रशिक्षण विभाख प्रमुख तथा केन्द्रीय सचिव खेमराज शर्माले युवाहरूलाई साेराेजगार बनाउदै विद्यामान समस्याको चर्चा गर्दै सिद्धान्त र ब्यबहारिकतालाई एकरूपता बनाउनु पर्नेमा जाेड दिदै प्रशिक्षणात्मक भनाई राख्नुभएको थियोे ।
बैठकमा बाेल्दै नेकपा एमाले पाेलिटव्युराे सदस्य तथा पु्व मन्त्री महेश बस्नेतले देशमा बढदै गइरहेको अराजकतालाई युवा संघले राेक्नुपर्नेमा जाेड दिदै नेकपा एमालेले अगाडि सारेका असल कामको खुलेरै जनतामाझ लाग्न आग्रह गर्नुभयो ।अहिले देश अस्थिरता तर्फ धकेलिएको बताउँदै यसलाई सहि ठाउँमा ल्याउने एमाले मात्र भएको दाबी गर्नुभयो ।साे बैठकले जाजरकोटमा गएको भुकम्पकाे उद्धारमा खटिने युवा संघका सदस्यहरूलाई धन्यवाद समेत ब्यक्त गरेको थियोे ।
प्रतिकृया दिनुहोस्