Web Design In Nepal

देवदहमा राष्ट्रपति रनिङ शिल्डकाे तयारी अन्तिम चरणमा,९९८ जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने

माघ १०, २०८० बुधबार 569

बुटवल । रुपन्देहीको देवदहमा शुक्रबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता आयोजना हुने भएको छ । देवदह–७ मा अवस्थित देवदह माविमा ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरका २५ वटा विद्यालयका विद्यार्थी प्रतिस्पर्धा गने छन् ।

प्रतियोगिता स्थलको अवलोकन गर्दै नगर प्रमुख ध्रुब प्रसाद खरेलले खेलकूदको माध्यमबाट देवदहलाई नयाँ पहिचान दिलाउन अहिलेको प्रतियोगिता महत्वपूर्ण रहने उल्लेख गरे । प्रतियोगिताको व्यवस्थापन तथा निर्देशन समिति समेत रहेका खरेलले नगरमा पहिलो पटक राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएकाले विद्यार्थी, अभिभावक, शिक्षक तथा खेलप्रेमीहरुमा नयाँ उत्साह सिर्जना भएको दाबी गरे ।

प्रतियोगितामा विभिन्न इभेन्टमा गरी सामुदायिकतर्फ १५ तथा संस्थागततर्फ १० गरी २५ विद्यालयका ९९८ जना विद्यर्थीले प्रतिस्पर्धा गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए । छात्र÷छात्रा भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्ट्स गरी ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने सापकोटाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि देवदह नगरपालिकाले १० लाख रकम वार्षिक बजेटमै विनियोजन गरेको छ भने संघीय सरकारबाट १ लाख रुपैयाँ अनुदान प्राप्त भएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिइन् ।प्रतियोगिता सम्पन्न गर्नका लागि १३ लाख ५० हजार खर्च अनुमान गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न लाग्ने अपुग रकम नगरपालिकाको श्रोतबाट नै व्यवस्था गरिने उनले जानकारी दिइन।देवदह मा. वि का अध्यक्ष सुरज खरेलले राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता देवदहका विद्यार्थी तथा अभिभावककाे लागि पहिलो भएको हुदा यसलाई उत्कृष्ट बनाउनकाे लागि आफुपनि केही दिनदेखि निरन्तर ग्राउण्ड ब्यबस्थापन देखि सम्पूर्ण काममा लागिपरेको बताउदै खेलकाे समानसम्म देवदह मा.वि निरन्तर लाग्ने र आफुहरूले जिल्लामै उत्कृष्ट बनाउन लागिपर्ने बताए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्