Web Design In Nepal

देवदहमा राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरू, २५ विद्यालय सहभागी

माघ १२, २०८० शुक्रबार 643

बुटवल१२,
रुपन्देहीको देवदहमा प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता-२०८० आजदेखि शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए।
देवदह नगरपालिकाको आयोजना र देवदह माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता-२०८० देवदह मा. विकाे खेल मैदानमा सञ्चालन भएको हो ।छनाेट प्रतियाेगितामा देवदह नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत गरी २५ विद्यालयहरुको सहभागिता रहेको देवदह मा. वि का अध्यक्ष सुरज खरेलले जानकारी दिए।प्रतियोगितामा छात्र/छात्रा भलिवल, छात्र/छात्रा कवड्डी, रिले दौड, कराँते लगायतका विधामा प्रतिस्पर्धा हुनेछ।एक भब्य समारोहबीच प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले खेलाडीहरू देशका गहना भएको हुदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न समेत छनाेट कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गरे। ।
उनले विद्यार्थीहरुमा रहेको प्रतिभा पहिचान गरेर उनीहरुलाई अगाडि बढाउनको लागि देवदह नगरपालिका लाग्नुपर्ने र आफुले पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख धुर्बप्रसाद खरेलले खेलकुदको विकासमा र खेलाडीकाे सुरक्षा र विकासको लागि नगरपालिका अगाडि बढिरहेको बताउदै शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापसंग पनि जोडेर लैजाने प्रयास नगरपालिकाले गरिरहेको बताए । कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर खेलकुद विकास समितिका अध्यक्ष कमल पाण्डे, इन्दिरा अर्यालले लगायतले बोल्दै खेलकुदको विकासले विद्यार्थीको सर्वाङ्गिण विकास हुनेमा जाेड दिए। कार्यक्रममा सहभागी विद्यालयहरूले विभिन्न झाकि सहित मार्चपास समेत प्रस्तुत गरेका थिए । छनाेट कार्यक्रम ३ दिनसम्म चल्ने जानकारी गराउदै देवदह माविका अध्यक्ष सुरज खरेलले यश कार्यक्रम खेल र खेलाडीको लागि लाभदायक हुने बताउदै खेलाडीकाे उत्थानकाे लागि आफू अन्य दिनमा निरन्तर लाग्ने बताए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्