Web Design In Nepal

हाेराइज गाैतमबुद्ध मा.वि मा खाना महाेत्सव, सिङ्गिङ् आइडल, नृत्य तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

माघ १३, २०८० शनिबार 174

तिलोत्तमा,माघ १२
होराइजन गौतम बुद्ध मा.वि.ड्राइभरटोल रुपन्देहीमा खाना महोत्सव, नतिजा प्रकाशन, सिङ्गिङ् आइडल तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुले खाना महोत्सव कार्यक्रम आयोजना गरेका हुन् भने विद्यालयद्वारा सिङ्गिङ् आइडल तथा नृत्य प्रतियोगिता, दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण र अभिभावक भेला आयोजना गरिएको थियोे ।

होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठको सभाध्यक्षता रहेको कार्यक्रममा तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रुपन्देहीका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा न्यु होराइजन इ.बो.मा.वि.मातृसंस्थाका प्राचार्य लोकनाथ उपाध्याय विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो । कार्यक्रममा विद्यालय सञ्चालक समितिका पदाधिकारी महेन्द्र आमात्य,प्रदिप अर्याल, विद्यालयका शैक्षिक निर्देशक जीवनाथ भण्डारी, सञ्चालक प्रकाश घिमिरे,लक्ष्मण गौतम,संयोजक रुद्र भुसाल, अभिभावक, शिक्षक, प्राध्यापकहरूकाे उपस्थिति रहेको थियो ।

विद्यालयका उपप्राचार्य ज्ञानेश्वर ज्ञवालीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा प्राचार्य गोपाल प्रसाद आचार्यले कार्यक्रमको औचित्य र उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । उहाँले विद्यार्थीहरुलाई पाक कलाको ज्ञान गराउनु, व्यवसायिक सिपको विकास गराउनु, विद्यार्थी, शिक्षक र अभिभावकलाई एक सुत्रमा बाँध्नु र विद्यार्थीहरुको उपलब्धीका सन्दर्भमा जानकारी गराउनु नै कार्यक्रमको उद्देश्य रहेको भन्दै विगत वर्षहरुदेखि नै फुड फेस्टिभल कार्यक्रम गरिंदै आएको कुरा बताउनुभयो । विशिष्ट अतिथिको मन्तव्य राख्दै लोकनाथ उपाध्यायले विद्यार्थी, शिक्षक, अभिभावकको त्रिकोणात्मक सहसम्बन्धले नै सिकाई प्रकृयालाई पूर्णता दिन सकिने बताउँदै तीन ओटै पक्षलाई जोडेर गरिएको कार्यक्रम उत्कृष्ट रहेको कुरा बताउनुभयो ।
प्रमुख अतिथिको मन्तव्य राख्दै तिलोत्तमा नगरपालिका शिक्षा विभाग प्रमुख गंगाराम आचार्यले विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने, उत्प्रेरणा दिने, व्यवहारिक सिपको विकास गराउने, र अभिभावकलाई फिड व्याक दिने उद्देश्यका साथ गरिएका कार्यक्रमहरु अनुशरणीय रहेको भन्दै यस्ता सिर्जनात्मक कार्यक्रमहरु राख्दै जानुपर्ने कुरा बताउनु भयो । उहाँले होराइजन गौतम बुद्ध स्कुलले राष्ट्रिय रुपमा उत्कृट पहिचान बनाउन सफल भएको हुँदा तिलोत्तमा नगरपालिकाको महŒवपूर्ण गहनाका रुपमा यस विद्यालयको स्थान रहेको कुरा बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष ज्ञानेन्द्र ज्ञानेन्द्र प्रसाद कसजु श्रेष्ठले स्वस्थ भोजन नै स्वस्थ जीवनको आधार हो, विद्यार्थीहरु हाम्रा अनुल्य सम्पत्ती हुन् त्यसैले विद्यार्थीहरुलाई अभिभावकहरुले समेत उचित वातावरण दिनुपर्ने कुरामा जोड दिनुभयो । साथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि विद्यालयले यस्ता सिर्जनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिंदै जाने बताउनुभयो ।
खाना महोत्सवलाई सफल बनाउनका लागि प्रमोद नेपालको संयोजकत्वमा विभिन्न उपसमिति बनाई खानाका विभिन्न परिकारहरु बनाइएको थियो । उक्त कार्यक्रममा विभिन्न परिकारका १२ वटा स्टलहरु लगाइएको थियो । महोत्सवमा विद्यार्थीहरुले मम,चाउमिन, ललिपप, सेल रोटी,अचार,पकौडा, बटुक,चाट– फुल्की, कफि, चिया,चटपट,खिर लगायतका परिकार बनाएका थिए भने आफूले बनाएका परिकारहरुको उचित मूल्य राखी विक्री वितरण समेत गरेका थिए ।

यसैगरी विद्यालयमा दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम पनि गरिएको थियो । प्रि नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत हरेक कक्षा र सेक्सनबाट प्रथम,द्वितीय एवम् तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन म्युजिक प्रशिक्षक सुशिल आचार्यले गर्नुभएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्