Web Design In Nepal

खेल सप्ताहकाे तेस्रो दिन अक्सफोर्डमा विभिन्न खेलहरू सम्पन्न ।

माघ २७, २०८० शनिबार 578

बुटवल २७,“स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित अक्सफोर्ड मा.विद्वारा सञ्चालन भएको खेल सप्ताहको तेस्रो दिन विभिन्न खेलकुदमा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ ।
जसअन्तर्गत टेवलटेनिस छात्रतर्फ सिभम कसौधन प्रथम, आभुुसन थापा दोस्रो र निरज भुसाल तेस्रो भएका छन । टेवलटेनिस छात्रातर्फ नितिसा खरेल प्रथम, दिव्या शाह ठकुरी दोस्रो र रिया अधिकारी तेस्रो स्थानमा आउन सफल भएकी छन ।

यसैगरी Badminton छात्र तर्फ वसन्त पौडेल प्रथम, अभिषेक मगर द्धितिय र विश्व बलाल तृतिय भएका छन् । Badminton छात्रातर्फ आस्था रिजाल प्रथम, फिवि राना द्धितीय र एलिना दर्लामी तृतीय भएका छन् ।खेलकुद महोत्सवलाई सफल पार्न विभिन्न विधामा संयोजकहरु तोकिएको थियोे । जसमा सटपुट संयोजकमा इश्वरी प्रसाद खनाल १०० मिटर दौड संयोजकमा सुमित शर्मा भलिवल संयोजकमा विष्णु खनालHigh jump/ Long Jumb मा गोपाल खरेल,व्याडमिन्टनमा गाेकर्ण खरेल ,टेवलटेनिसमा कमल न्याैपाने,फुटबलमा विपत चाैधरी/राजेन्द्र भुसाल,क्रिकेटमा सञ्जिव क्षेत्री र प्रचार विभागमा कृष्णप्रसाद पाण्डे संयोजक रहनुभएकाे खेल व्यवस्थापक राजकुमार पाण्डेले बताउनुभयाे ।

खेल सप्ताह ४ दिनसम्म चल्ने र विद्यागत रुपमा उत्कृष्ट खेलाडिहरुलाई मेडल,प्रमाणपत्र तथा नगदले समेत पुरस्कृत गरिने व्यवस्थापन संकाय इन्चार्ज बालकृष्ण पाेख्रेलले बताउनुभयो ।
आज हुने खेलकाे उद्घाटन गर्दै संस्थाका प्राचार्य दिनेश भुसालले एकल प्रतिष्पर्धात्मक खेलमा प्रथम हुनेलाई १ महिनाको मासिक शुल्क छुटगरिदिने समेत जानकारी गराउनुभयाे।अक्सफोर्ड मा.वि एउटा ब्रान्ड बनिसकेको हुदा विद्यार्थीहरूमा भएको क्षमता पहिचान गरि देशकाे याेगदानका लागि खेलाडीहरू तयार रहेको समेत जानकारी दिनभयाे।कार्यक्रममा बाेल्दै प्राध्यापक सुमन भुसालले अक्सफोर्ड मा.वि राष्ट्रकै उत्कृष्ट विद्यालय भएको हुदा शारीरिक तथा मानसिक रूपमा स्फुर्ती ल्याइ अध्ययन तथा कुनै पनि एक विद्यामा उत्कृष्ट गराउने नै विद्यालयकाे दायित्व रहेकाेमा स्पष्ट पार्नुभयाे।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्