Web Design In Nepal

मेयर कप फुटबलकाे फाइनल अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि बिच

माघ २८, २०८० आइतबार 214

बुटवल, २८बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनल अक्सफोर्ड मावि र नवीन औद्योगिक माविका बिच हुने भएको छ।

आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३/० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने नवीन औद्योगिक माविले उजिरसिंह माविलाई २/० गोल अन्तरले हराउँदै फाइनलको प्रवेश गरेको हो।

फाइनल खेल सोमबार दिउसो २ बजे बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ। आइतबार एन्फा टेक्निकल सेन्टरको मैदानमा भएका खेलमा एभरेष्ट माविलाई १/० गोलअन्तरले हराउँदै अक्सफोर्ड सेमीफाइनल प्रवेश गरेको थियो।

जबहि खेल मैदानमा भएको खेलमा सरस्वती माविलाई १(० गोलअन्तरले हराउँदै नवीन औद्योगिक मावि सेमीफाइनल प्रवेश गरेको थियो। यसअघि उजिरसिंह माविले ज्ञानोदय माविलाई ट्राइबेकरमा ३/१ गोलअन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको थियो।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन्। प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन्।प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८/१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्राप्त गर्नेछन् ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्