Web Design In Nepal

देशका धेरैजसो ठाउँमा मौसम बदली, छिटपुट वर्षाको सम्भावना

फागुण २, २०८० बुधबार 87

काठमाण्डौ – आज देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ । पूर्वको कोशी तथा पश्चिमको कर्णाली प्रदेशमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । अहिले काठमाण्डौ बुटवल लगाएतका स्उथानमा पनि मौसम बदली छ।

त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तराई मधेशका धनगढी, सिमरा तथा विराटनगरमा हुस्सु लागिरहेको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्