Web Design In Nepal

अक्सफोर्ड मा.विमा वक्तृत्वकला ,सुवेच्क्षा भट्टराई भइन प्रथम

फागुण ४, २०८० शुक्रबार 645

बुटवल ४,अक्सफोर्ड मा.वि बुटवलमा अन्तर कक्षा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको छ।नेपाली विभागद्वारा आयाेजित कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता रहेको थियोे । कार्यक्रममा क्याम्पस अध्यक्ष अजित खनाल,क्याम्पस प्रमुख मनाेज मरासिनी ,प्राध्यापक सुमन भुसाल,विहानीसत्र इन्चार्ज नारायण सापकोटा ,दिवासत्र इन्चार्ज बालकृष्ण पाेखे्ल,विज्ञान संकाय इन्चार्ज भरत के.सी,प्राध्यापक माया घिमिरे लगायतको उपस्थिति रहेकाे थियोे ।


कार्यक्रममा निर्णायक मण्डलकाे भूमिकामा साहित्यकार राजेन्द्र आचार्य र रिता रेग्मी रहनुभएकाे थियोे ।देशको समृद्धि आैधाेगिकरण र भष्टचार नियन्त्रण शीर्षकमा विद्यार्थीहरूले आ-आफ्ना धारणाहरू राखेका थिए। कक्षा ११ र १२ का १७ जना विद्यार्थीहरू सहभागी भएको वक्तृत्वकलामा प्रथम सुवेच्क्षा भट्टराई द्वितीय वर्षा खनाल, तृतीय रूवी अर्याल र राेशनी थापा सान्त्वना भएका छन् ।विजयी विद्यार्थीलाई विद्यालयका प्राचार्य दिनेश भुसाल ु,क्याम्पस प्रमुख मनाेज मरासिनी,क्याम्पस अध्यक्ष अजित खनाल र प्राध्यापक सुमन भुसालले प्रथम द्वितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई नगद पाँच हजार ,तीन हजार पाँच सय,दुई हजार पाँच सय र एक हजार पाँच सयका दरले नगद,मेडल र खादा लगाई सम्मान गरेका थिए।

पुरस्कार वितरण समारोहमा बाेल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले अक्सफोर्ड मा.वि सैद्धान्तिक ज्ञानमात्र दिने विद्यालय नभई व्यावहारिक ज्ञान दिई विद्यार्थीलाई सिर्जनशील बनाउने काममा निरन्तर लागेको बताउनुभयो ।उक्त कार्यक्रमकाे सञ्चालन नेपाली विभागका विभागीय प्रमुख झविन्द् मरासिनीले गर्नुभएको थियोे ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?