Web Design In Nepal

नेपाल प्रहरीका हवल्दार भूपेन्द्र बुटवलमा भेटिए मृत

फागुण ४, २०८० शुक्रबार 208

बुटवल फागुन ४ नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्।
मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ। ठकुल्लाकाे शव शिवनगर सामुदायिक वनमा सडी सकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताए।

‘उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ’, पण्डितले भने । ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको भन्दै कारण खोजी भइरहेको उनको भनाइ छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्