Web Design In Nepal

हाेराइजन गाैतमबुद्ध माविमा खेल सप्ताह सुरू,४२२ विद्यार्थी प्रतिस्पर्धामा

फागुण ४, २०८० शुक्रबार 339

बुटवल । रुपन्देहीको तिलोत्तमा-१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि खेलकुद तथा पुरस्कार वितरण सप्ताह सुरु भएको छ । तिलोत्तमा नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले भलिबल खेलको उद्घाटन गर्दै खेल सप्ताहको शुभारम्भ गरेका छन् ।
पहिलो दिन आज भलिबल,बास्केटबाल तथा कबड्डी प्रतियोगितामा विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएकाे छ। बास्केटबलमा एडिल थापाको समूह प्रथम,राेसन पाण्डेको समूह द्वितीय भएकाे बास्केटबल संयाेजक खेमराज रिजालले जानकारी दिए।कपड्डी छात्रतर्फ जगत शाही ढकुरीकाे समूह प्रथम र अस्विन चाैधरीकाे समूह द्वितीय भएका छन्।कपड्डी छात्रातर्फ कृपा मल्ल ठकुरीको समूह प्रथम भएको खेल संयाेजक अरूण कृष्ण घिमिरेले जानकारी दिए।

यसैगरी शनिबार कोड वर्क, फुटबल, दुई सय मिटर दौड तथा चित्रकला प्रतियोगिता आयोजना गरिने विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिए ।
विद्यालयका विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने खेल सप्ताह अन्तरगत आइतबार ब्याडमिन्टन, टेबल टेनिस र हाजिरी जवाफ प्रतियोगिता गराइने तयारी भएको सहायक क्याम्पस प्रमुख इन्द्र भुसालले जानकारी दिए । कक्षा ११र १२ का विद्यार्थीलाई विभिन्न समूहमा तथा विभाजन गरी अन्य प्रतियोगिताहरु समेत आयोजना गरिएको छ।


फागुन ७ गते मूल समारोहको आयोजना गरी प्रतियोगिताका विजेता विद्यार्थीहरु तथा विद्यालयका अन्य शैक्षिक कार्यक्रमहरुमा समेत उत्कृष्ट बन्न सफल विद्यार्थीलाई मूल समारोहमा पुरस्कार वितरण गरिने जनाइको छ ।
शुक्रबार खेल सप्ताहको शुभारम्भ गर्दै तिलोत्तमा नगरका शिक्षा शाखा प्रमुख आचार्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले प्रतियोगिता सफलताको कामनासहित शुभकामना व्यक्त गरेका थिए ।हाेराइजन गाैतमबुद्ध मा.वि नेपालमै क्षेत्रमै छुट्टै पहिचान बनाउन सफल विद्यालय भएको हुदा शैक्षिकसँगै अतिरिक्त गतिविधिहरुमा समेत आफूलाई अब्बल बनाउन सप्ताहव्यापी खेल महाेत्सव आयाेजना गरिएको प्राध्यापक डा.नारायण पन्थले उल्लेख गरे ।कार्यक्रममा विज्ञान संकाय इन्चार्ज प्रदिप अर्याल,रूद्ध भुसाल लगायतको उपस्थिति रहेको थियाे।कार्यक्रमकाे सञ्चालन डा.मुरारी पराजुलीले गरेका थिए।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्