Web Design In Nepal

खेल सप्ताहकाे दोस्रो दिन हाेराइजन जिविएसमा विभिन्न खेल सम्पन्न

फागुण ५, २०८० शनिबार 139

बुटवल ।रुपन्देहीको तिलोत्तमा-१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि सञ्चालन भएको खेलकुद तथा पुरस्कार वितरण सप्ताहकाे दोस्रो दिन विभिन्न खेलविधामा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ । तिलोत्तमा नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले उद्घाटन गरेकाे खेल सप्ताहकाे आज दोस्रो दिन २०० मिटर दाैड सम्पन्न भएको छ ।जसमा छात्रातर्फ कविता पाैडेल प्रथम,सित्तल पाैडेल द्वितीय र अम्बिका श्रेष्ठ तृतीय भएका छन् ।छात्रतर्फ आयुष श्रेष्ठ प्रथम,सन्देश थापा द्वितीय र सन्दिप कुमार बरई तृतीय भएको खेल संयाेजक तिलक पराजुलीले बताए ।भलिबल प्रतियाेगितामा छात्रतर्फ अस्विन रणपालकाे समूह प्रथम, सन्देश शाहिकाे समूह द्वितीय भएका छन् ।छात्रातर्फ एलिजा श्रेष्ठकाे समूह प्रथम र जेनी थापाको समूह द्वितीय भएको खेल संयाेजक धुर्व् आचार्यले बताए ।

चित्रकला प्रतियाेगितामा आर्य जेसवाल प्रथम,राममनाेज यादव द्वितीय र आशिष् विश्वकर्मा तृतीय भएका संयाेजक रीना शर्माले बताइन् ।science project presentation मा मिलन खत्रीको समूह प्रथम भएको कार्यक्रम संयाेजक रीना शर्माले बताइन। त्यस्तै हाेराइजन जिविएस आइसिटी क्लबद्वारा आयाेजित अन्तर विद्यालय horizon matrix 80 code work प्रतियाेगिता समेत सम्पन्न भएको छ। जसमा प्रथम मणिमुकुन्द मा.वि,अक्सफोर्ड मा.वि द्वितीय र कालिका मानवज्ञान मा.वि तृतीय भएको कम्प्युटर विषयका विभागीय प्रमुख इ.अर्जुन अर्याल जानकारी दिए।

फागुन ७ गते मूल समारोहको आयोजना गरी प्रतियोगिताका विजेता विद्यार्थीहरु तथा विद्यालयका अन्य शैक्षिक कार्यक्रमहरुमा समेत उत्कृष्ट बन्न सफल विद्यार्थीलाई मूल समारोहमा पुरस्कार वितरण गरिने जनाइको छ ।
शुक्रबार खेल सप्ताहको शुभारम्भ गर्दै तिलोत्तमा नगरका शिक्षा शाखा प्रमुख आचार्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले प्रतियोगिता सफलताको कामनासहित शुभकामना व्यक्त गरेका थिए । हाेराइजन गाैतमबुद्ध मा.वि नेपालमै छुट्टै पहिचान बनाउन सफल विद्यालय भएको हुदा शैक्षिकसँगै अतिरिक्त गतिविधिहरुमा समेत आफूलाई अब्बल बनाउन सप्ताहव्यापी खेल महाेत्सव आयाेजना गरिएको प्राचार्य गाेपाल प्रसाद आचार्यले उल्लेख गरे ।कार्यक्रममा सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल,विज्ञान संकाय इन्चार्ज प्रदिप अर्याल प्रध्यापक डा.नारायण पन्थ ,रूद्ध भुसाल लगायतको उपस्थिति रहेको थियाे।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्