Web Design In Nepal

१७ औ मनमोहन स्मृति वडा कपको उपाधि वडा नम्बर ६ लाई

फागुण ५, २०८० शनिबार 564

बुटवल, ५ माघ । बुटवलमा सम्पन्न मनमोहन कप नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधि वडा नं ६ ले हात पारेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा शनिबार भएको फाईनल खेलमा वडा नं ७ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफनो पोल्टामा पारेको हो । उपाधिसंगै वडा नं ६ नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता वडा नं. ७ भने नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा गतवर्षको विजेता टिम वडा नं १७ अनुसासित टिमबाट पुरस्कृत भयो । यसैगरि वडा नं ११ का मिलन आले हाई स्कोरर, वडा नं ६ का सन्देश खनाल उत्कृष्ट गोलरक्षक, वडा नं ७ का अनुप गुरुङ राईजिङ प्लेयर घोषित हुदै नगद ३ हजार रुपैया तथा वडा नं ७ का मोहन थापा सर्वोत्कृष्ट खेलाडी ८ हजार रुपैयाबाट पुरस्कृत भए ।

सिद्धेश्वर खेलमैदानमा शनिबार दर्शकले भरिभराई फाईनल खेलमा वडा नं ७ का यमु रानाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको चौथो मिनेटमा उनले खाता खोले । खेलको दोस्रो हाफमा वडा नं ६ का आवेश शाहीले ५५ औ मिनेटमा बराबरी गोल गरे । डिफेन्स बिट भएको बेला वन भर्सेज वनको अवस्थामा उनले आर्कषक गोल गरेका थिए । खेलमा नायक रहेका आवेश शाहीले ८० औ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई विजयी बनाए ।

एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सभासदस्य तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय महासचिव सुमन पुरी, सचिवालय सदस्य केशव रोक्का,स्थाई कमिटी सदस्य बुद्धिराज थापा,कल्पना पाण्डे मगर र श्रद्धा कुवर,राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल ,राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष विकासजंग बस्नेत, नेकपा एमाले रूपन्देही जिल्ला अध्यक्ष तेजन्द्र केसी, प्रदेश सदस्य गोपाल राना बुटवल नगर अध्यक्ष गणेश बोहराले विजेता टिम,उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा बुटवल उपमहानगरका १८ वडाका टिमले भाग लिएका छन ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्