Web Design In Nepal

माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

चार करोड ३४ लाख बराबरको आयव्याय पेश

फागुण ५, २०८० शनिबार 502

पाल्पा – माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।साधारणसभामा संस्थाका अध्यक्ष राजकुमार पन्थीले चार करोड ३४ लाख बराबरको आयव्याय तथा संस्थागत प्रतिवेदन पेश गर्नुभयो। संस्थाले बचतऋण कारोबारसँगै किसानका लागि कुटानीपिसानी मिल संचालनमा ल्याएको, कृषि र पशुपालन क्षेत्रमा विविध कार्य गरेको, सेयर सदस्य एक हजार भएको बताउनुभयाे।

किसानलाई उत्पादनमा जोड्न सहकारीले विभिन्न निकायसँग मिलेर काम गरिरहेको बताउनुभयो । पन्थीले आगामी दिनमा सुपथ मुल्यको पसल सञ्चालन गर्ने, सहकारी शिक्षाका कार्यक्रम गर्ने, सेयर सदस्य र कारोबार रकममा बृद्धि गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।कार्यक्रममा प्रमुख अतिथि माछापुग्छे« बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवं पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सहकारीका सेयर सदस्यको हितमा सहकारीले विगतदेखि नै काम गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

विगतमा कोरोनाको महामारीका बेला सहकारीले किसानका उत्पादनलाई बजारसम्म पु¥याएर बिक्रीको सहज प्रवन्ध गरेकोले उक्त कामले सबैक्षेत्रबाट प्रशंसा पाएको उल्लेख गर्नुभयो । साधारणसभामा विशिष्ट अतिथि माथागढी गाउँपालिकाका कार्यपालिका सदस्य तुल्सा नेउपानेले सहकारीले माथागढी क्षेत्रका जनताको जीवनस्तर माथि उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा सहकारी संस्थाका लेखा समितिका संयोजक अनन्त पन्थीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै लेखा प्रणाली समयअनुसार सुधार गर्नुपर्नेमा जोड दिनुभयो । सभामा कुलबहादुर गाहा, भानुभक्त बस्याल, मोहनबहादुर जिसीलगायतले शुभकामना दिनुभयो । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षता,उपाध्यक्ष टोपला पाण्डेको स्वागत र सञ्चालक समितिका सदस्य नवराज पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

साधारणसभामा सहकारी संस्थाका उत्कृष्ठ बचतकर्ता, सेयर धनी, ऋणीलाई सम्मान गरिएको थियो भने संस्थाका अध्यक्ष राजकुमार पन्थी र कोषाध्यक्षलाई सम्मानसहित विदाई गरिएको थियो ।तेस्रो अधिवेशनले भवानसिंह गाहाथापाको अध्यक्षतामा सात सदस्यीय सञ्चालन समिति गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा टाेपला पाण्डे, सचिवमा विजयदीप पन्थी,काेषाध्यक्षमा खेमानसिंह सारू रहनुभएकाे छ भने सदस्यहरूमा लिलाम्बर गाहा, कमल गाहा, नवराज पन्थी रहनुभएकाे छ । यस्तै अनन्त पन्थीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको निर्वाचन समितिका अधिकृत कृष्ण अर्यालले जानकारी दिनुभयो । जसकाे सदस्यमा इश्वरी तिवारी र नारायणी पन्थी रहनुभएकाे छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्