
बुटवल,सिद्धार्थ क्याम्पस चौथो वर्षमा अध्ययनरत नेपाली र जनसंख्याका विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।वर्तमान नेपालको परिवेशसँग मेल खाने स्वास्थ्य विमा, प्रतिभा पलायन, बुढ्यौली, किशोरावस्थाको प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी विषयसगं सम्बन्धित विषयमा आधारित रहेका कार्यपत्रहरू विद्यार्थीले समूह बनाएर प्रस्तुत गरेका थिए। दिक्षा अर्यालको अध्यक्ष्यता तथा क्याम्पस प्रमुख विष्णु प्रसाद रानाको प्रमुख आतिथ्यता,क्याम्पसका सहायक प्राचार्य कृष्ण प्रसाद खनाल, विभागीय प्रमुखहरू कृष्ण प्रसाद आचार्य,बुद्धिराम भट्टराई, रिता रेग्मी,कृष्ण प्रसाद सापकोटा तथा नेपाली,अङ्ग्रेजी तथा जनसंख्या विषयका विद्यार्थीहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा विभाजित ०५ ओटा समूहले आ – आफ्ना विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रको प्रस्तुत टोलिनेताहरुमा क्रमश : तुलसा फुल्लेल, रचना गैरे, नारायण प्रसाद तिवारी, मौसमी पुन मगर, सावित्रा घर्ती मगरले रहेका थिए ।
कक्षाकोठामा सिकेका सीपहरु समाज परिवर्तन गर्न अग्रसर रहने तथा सामाजिक विकास गरी पठन संस्कृतिको विकास गर्ने उक्त कार्यक्रमको उद्देश्य रहेको सञ्चालिका सञ्जु श्रेष्ठले बताइन । प्रमुख अतिथि क्यम्पस प्रमुख विष्णु प्रसाद रानाले विद्यार्थीले गरेका यस्ता कार्यक्रमले क्याम्पसको गरिमा अझ उच्च रहने तथा यस्ता कार्यक्रमलाई समुदायमा स्तरमा लैजान आवश्यक रहेकोमा जाेड दिदै आफूहरूले समय ब्यवस्थापन गरिदिने कुरामा प्रतिबद्धता जायर गरे । कार्यक्रमको संयोजन प्राध्यापक सुमन भुसालले गरेका थिए ।
प्रतिकृया दिनुहोस्