Web Design In Nepal

सिद्धार्थ क्याम्पसमा एक दिने जनसंख्या शिक्षासम्बन्धि Seminar सम्पन्न

फागुण १४, २०८० सोमबार 989

बुटवल,सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा बि.एड चौथो वर्ष अंग्रेजी समुहका विधार्थीहरुको आयोजनामा जनसंख्या शिक्षामा परियोजना कार्य विषयको आंशिक पाठ्यभार पुरा गर्नका लागि एक दिने Seminar सम्पन्न भएको छ । विद्यार्थी अनुस्का घर्ति मगरको अध्यक्षता र शिक्षक कृष्ण प्रसाद सापकोटाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हाे।जनसंख्या र नेपाली विषयका विद्यार्थीहरुका साथै बी.एड तेस्रो वर्षका विद्यार्थीहरुको समेत उपस्थिती रहेको कार्यक्रममा जनसांख्यिक मुनाफा,नेपालमा सामाजिक सुरक्षा,अव्यवस्थित सहरीकरण र यसका परिणामहरु,नेपालमा ज्येष्ठ नागरिकको अवस्था,नेपालमा खाद्य सुरक्षाको अवस्था, दीगो बिकासका लक्ष्य,Eco san toilet र flush toilet को तुलनात्मक अध्ययन,रजश्वला स्वास्थ्य, नेपालमा यसको अभ्यास र परिणाम,किशोरावस्था र मानसिक स्वास्थ्य ,नेपालमा मातृशिशु स्वास्थ्यको अवस्था र नेपालमा गर्भपतनसम्बन्धी अभ्यास र परिणामहरु लगायतको विषयबस्तुमा कार्यपत्र प्रस्तुत गरि छलफल भएको थियो ।

कार्यक्रममा निमित्त क्याम्पस प्रमुख कृष्ण प्रसाद खनाल, अंग्रेजी विभागका विभागीय प्रमुख कृष्ण आचार्य, शिक्षा तथा सामाजिक शास्त्र विभागका विभागीय प्रमुख बुद्धिराम भट्टराई, RMC Co-ordinator सुमन घिमिरे, क्याम्पसका प्रध्यापकहरु सुमन भुसाल, मनोज सापकोटा, शेषकान्त अर्याल, भुपाल शर्मा, दिनेश प्रसाद बस्याल, पुरुषोत्तम ज्ञवाली, रिता ढकाल, जेनिथ शर्मा लगायतकोको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद खनालले यस्ता कार्यक्रमले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने र सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्न क्याम्पस सदैव तयार रहेको कुरामा जोड दिनुभयो ।कार्यक्रममा उपस्थितलाई विद्यार्थीद्वय अमृत भुसाल र माया थारुले स्वागत गरेका थिए सञ्चालन भुवन पन्थीले सञ्चालन गरेका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्