अर्घाखाँची/चैत-२४
नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य बोमबहादुर बि.क.ले नयाँ गठबन्धन निर्माणले जनतामा आसा पलाएको बताउनु भएको छ ।
नेकपा एमाले सन्धिखर्क विशेष ईलाका कमिटी द्वारा शनिवार आयोजित आधारभूत प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले अग्रगामी वामपन्थी शक्तिहरु सम्मिलित वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्नेमा आफुहरु विश्वस्त रहेको वताउनु भयो ।अघिल्लो गठबन्धन अप्राकृतिक र अस्वभाविक थियो भन्दै उहाँले त्यो गठबन्धनलाई ढाल्नु नै मुलुकको निम्ति ठूलो उपलब्धि भएको दाबी गर्नु भयो । सरकारको काम गर्ने शैलीमा धेरै परिवर्तन आएको भन्दै उहाँले वर्तमान सरकारले परिणाममुखी काम गर्ने बताउनु भयो । केन्द्रीय सदस्य बि.क.ले नेकपा एमाले सामाजिक न्याय सहितको विकास र समृध्दिको पक्षमा रहेको बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले नेकपा एमाले बाट मात्रै मुलुकको समृध्दि संभव भएको बताउनु भयो । उहाँले तत्कालीन केपी ओली नेतृत्वको सरकारले सुरुवात गरेको बिकास निर्माणको कामलाई वर्तमान सरकारले निरन्तरता दिनुका साथै जनताको पक्षमा थप योजना अगाडि ल्याउनेमा आफुहरु आसावादी रहेको बताउनु भयो ।
अध्यक्ष भुसालले आगामी निर्वाचनमा नेकपा एमालेलाई मुलुकको कुनै तागतले हराउन नसक्ने भन्दै त्यसको निम्ति अहिले देखि नै संगठन बलियो बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । अध्यक्ष भुसालले कार्यकर्ताको चौतर्फी बिकासको निम्ति विभिन्न समयमा पार्टीले संचालन गरेका प्रशिक्षण फलदायी भएको बताउनु भयो । अहिलेको प्रशिक्षणले कार्यकर्तामा उत्साह थपेको उहाँको भनाई थियो ।
नेकपा एमाले सन्धिखर्क बिशेष ईलाका कमिटीका अध्यक्ष खुबिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसाल,जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी,उपसचिव शम्भु प्रसाद पोख्रेल,कार्यालय सचिव लिलबहादुर बि.क.,एमाले पाणिनि पालिका कमिटीका अध्यक्ष कमल घिमिरे,अनेरास्वव्यूका स्थायी कमिटीका सदस्य प्रदिप नेपाली,एमाले जिल्ला कमिटी सदस्य कमल भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्