Web Design In Nepal

सहकारीमा डुबेको पैसा उठाइदिनेलाई श्रममन्त्री अर्यालले दिने पैसा उपहार

चैत्र २४, २०८० शनिबार 932

काठमाडौं चैत २४ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा डुवेको आफ्नो रकम उठाई दिनेलाई कमिसन बापत रकम दिने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका अर्यालले काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक÷दुई लाख रुपैयाँसम्म दिने बताए।
पछिल्ला केही दिन यता अर्यालको सहकारीमा सर्वसाधारणको रकम हिनामिना भएको समाचार सार्वजनिक भएपछि पहिलो पटक खुलासा गर्दै उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताएका हुन्।

butwal
उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी गरे। ‘रास्वपको उपसभापति डिपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला तर उक्त सहकारीबाट मै ठगिएको छु उनले भने।

अर्यालले भने त्यो सहकारीमा मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ। मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ।

संस्थामा म सदस्य भएको हो, मैले भनेको छु। हाम्रो नयाँ कृषि सहकारीको म उपाध्यक्ष भएको हो, त्यो अत्यन्त राम्रो उद्देश्यका साथ बनेको सहकारी रहेछ,। त्यो संस्थालाई सञ्चालन गरेर कतै यो देशमा कृषिमा केही परिवर्तन ल्याउन सकिन्छ की, भनेर मैले नेतृत्व गर्ने क्षमता राखेर गएको हो, मलाई गर्व छ, त्यसमा। गएर काम गर्नुपर्ला भनेर पैसा लगानी गरियो, एक करोड लगानी गर्ने तयारीमा थिएँ, त्यसको लागि एक किस्ता २३ लाख लगानी गरेँ। संस्था कसरी चलाउने भनेर ७० पेजको प्रपोजल लिएर गएपछि उनीहरुले मलाई नेतृत्व दिन मानेनन्। त्यसपछि पुसको ११ गते राजीनामा गरेर म २३ लाख सकेको दिन फिर्ता गर्नुस् भनेर हिँडेको हुँ, म गएदेखि निस्किएसम्म कुनै कारोबार भएको छैन।
अध्ययन गरेर लेख्नुस्, बोल्नुस्। मेरो तर्फबाट त्यो सहकारीमा साधारण सभामा उपाध्यक्ष हुनको लागि एउटा सही छाप भएको छ, त्यो भन्दा बाहेक मलाई केही थाहै छैन।’

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्