Web Design In Nepal

अर्घाखाँचीमा भएको दुर्घटनामा १ जनाकाे मृत्युु ,७ जना घाइते

चैत्र २८, २०८० बुधबार 528

चैत २८,अर्घाखाँची पाणिनी गाउँपालिका–८ को कोलडाँडामा कार दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।
अर्घाखाँचीबाट पोखरातर्फ जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती–पाल्पा सडक खण्डको कोलडाँडाको ओरालोमा दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीय सम्झना, उनका छोरा इभान्स रहेका छन् । त्यस्तै पोखरा उपमहानगरपालिका–१२ की ३० वर्षीय सविता अधिकारी, वर्ष १५ का प्रजोल कँडेल र ४२ वर्षीय गीता कँडेल र १० वर्षीय जेसन बस्नेत रहेको प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए ।घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्