Web Design In Nepal

प्रदिप रानाको स्मृतीमा 7A साइड नकआउट फुटबल सुरु ,३४ टिम सहभागी

चैत्र २९, २०८० बिहिबार 512

बुटवल २८,प्रदिप राना मगरको स्मृतीमा 7A साइड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। ल्याड बेसक्याम्प बुटवलद्वारा आयाेजित फुटबल टुर्नामेन्टमा ३४ टिमको सहभागिता रहेको छ।वडा सदस्य यमुना काउचाको प्रमुख आतिव्यतामा भएको कार्यक्रममा HYC Butwal – 17 US Mayadevi FC Devdaha – ८ विच प्रतिष्पर्धा भएको थियो। जसमा HYL Butwal ले ३ गोल हानी विजय सुरुवात गरेको छ। जसमा किरण शाहीले २ गोल हानेका थिए।

रामनगरमा सञ्चालन भएकाे उक्त खेल एक हातासम्म चल्ने र खेलमा प्रथम हुनेले ५५५५५ र द्वितीय हुनेले ३३,३,३३ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उक्त कार्यक्रम एक हप्तासम्म चल्नेछ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यमुना काउचाले प्रदिप रानाकाे स्मरण गर्दै ,यस्ता खेलले खेलाडीहरूकाे पहिचान हुनुका साथै किशाेरकिशाेरीलाई विभिन्न कुलतमा फस्न नदिई अनुशासनमा रहन शिक्षा दिने बताउनुभयो । कार्यक्रम संयोजक रोहन राना मगरकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन प्रिन्स गुरूङले गरेका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्