
बुटवल,७
अक्सफोर्ड मा.वि बुटवलमा एस.इ.इ दिएर बसेका विद्यार्थीहरुको प्रतिभालाई पहिचान गर्ने उद्देश्यले आयाेजित प्रथम फुटसल प्रतियोगिताको समापन भएको छ। लुम्बिनी फुटसल एरीना योगिकुटीको खेल मैदानमा सञ्चालन भएको खेलमा रूपन्देही जिल्लाका विभिन्न २२ समूहको सहभागीता रहेको थियोे ।
एस.इ.इ दिएर बसेका विद्यार्थीहरुको प्रतिभालाई पहिचान गर्ने उद्देश्यले २०८१ वैशाख ०६ र ०७ गते सञ्चालन भएको खेलकाे एक कार्यक्रमका विच सम्पन्न भएको छ ।हिजो भएको खेलमा सेमीफाईनलमा पुगेका चार समुहहरु ः Solti United B , Lafa Boys , Siddhartha A र Lumbini F.C Nawalparasi मध्ये , Solti United B र Lumbini F.C Nawalparasi फाईनलमा प्रवेश गरेका थिए। फाइनलमा गएका टिममध्ये Solti United B ले प्रथम स्थान हासिल गरी नगद रु १५,००० , ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।Lumbini F.C Nawalparasiदोस्रो स्थानमा चित्त बुझाई नगद रु ८,०००, ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फुटसलमा Best goal keeper को उपाधि Solti United B Team का Dishant Darlami ले प्राप्त गरेका छन् भने Best Player को उपाधि समेत Solti United B Team का खेलाडी Pujan Dagami ले प्राप्त गरेका छन् । High Scorer पनि Solti United B Team कै Captain Shiva khanal भएका छन् ।
समापन समारोहमा बाेल्दै खेल संयोजक राजकुमार पाण्डेले अक्सफोर्डको यस प्रयासले खेलाडीहरूकाे क्षमता पहिचान हुनुका साथै राष्ट्रिय खेल जगतलाई समेत योगदान पुग्न सक्ने र खेलप्रेमी युवाहरुकालागि फुटसल एउटा अवसर बन्न सक्ने कुरामा जाेड दिनुभयो ।
अक्सफोर्ड मा.वि. का प्राध्यापक सुमन भुसालले विद्यालयले विगतदेखिनै अक्सफोर्डले विद्यार्थीहरूलाई पढाइका अलवा विभिन्न गतिविधि गराउदै आएको स्मरण गर्दै ,आफूहरू विद्यार्थीकाे क्षमता पहिचान गर्दै निखारपन ल्याउन खटिरहेकाे बताउनुभयो ।समापन समारोहमा विद्यालयका प्राचार्य दिनेश भुसालले खेल शारीरिक तन्दुरुस्ती र मानसिक चेतनाको दियो भएकोले आजको समाज र ईन्टरनेटमा भुलेको युवा पुस्तालाई खेल जगत तर्फ फर्काउने प्रयास भएको बताउँदै अक्सफोर्डको यस प्रयासले राष्ट्रिय खेल जगतलाई समेत योगदान पुग्न सक्ने कुरामा जाेड दिनुभयो । खेलप्रेमी युवाहरुकालागि फुटसल एउटा अवसर बन्न सक्ने बताउनुभयो ।कार्यक्रममा खेलप्रेमी, प्राध्यापक,कर्मचारी तथा विद्यार्थीहरूकाे उल्लेख्य सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्