Web Design In Nepal

३० हजार घुस सहित मालपोत कार्यालयका नायव सुब्बा अख्तियारकाे फन्दामा

बैसाख २४, २०८१ सोमबार 134

कपिलवस्तु ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

जग्गा नामसारी गर्न गएका सेवाग्राहीसँग नामसारीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार रकम लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका नायव सुब्बा नरहरी खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो।

तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्