Web Design In Nepal

देवदहका किशोरीहरूकाे लागि आत्मरक्षा तालिम सुरू,५० जना सहभागी

बैसाख २४, २०८१ सोमबार 124

रूपन्देही ,रुपन्देहीको देवदहमा किशोरीहरुका लागि ३ दिने आत्मरक्षा तालिम शुरु भएको छ । सोइया महिला स्वावलम्बी संस्थाको आयोजना र देवदह नगरपालिकाको सहयोगमा किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुर्ववहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने तथा अपराधजन्य गतिविधिबाट आफुलाई जोगाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको कार्यबाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले सचेतना वृद्धि तथा आत्मरक्षा तालिम पश्चात नगरमा यस्ता प्रकृतिको घटना न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो। तालिममा सिकेका ज्ञान र सीपलाई व्यहवारमा उतार्न किशोरीहरुलाई सुझाव दिंदै नगरपालिकाले समुदायस्तरमा सचेतना मूलक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो।

सचेतना वृद्धि तथा आत्मरक्षा तालिममा देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा,नगर प्रबक्ता गणेश डुम्रे, प्रहरी निरिक्षक एक्क बहादुर नेपाली, कार्यपालिका सदस्य शान्ता भट्टराई, गीता भण्डारी, रुपा ढुंगाना, खेम नारायण अधिकारी लगायतको सहभागिता रहेको थियो।

केशमाया थापाको अध्यक्षतामा भएको कार्यक्रम ३ दिन सम्म सञ्चालन हुनेभएको छ ।जसमा ५० जना किशोरीहरुको सहभागिता रहेको छ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्