
बुटवल ,अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले पूर्व प्राथमिक तहमा अध्यनरत बालबालिकाका हजुरआमा तथा आमाहरुलाई बुधबार एक कार्यक्रमका बिच सम्मान गरेको छ । बालबालिकाहरुलाई मातातीर्थ औँसीजस्तो विशेष दिनको महत्व तथा सान्दर्भिकता बोध गराउदैँ उनीहरुमा सानैदेखि नै उच्च संस्कारको विकास गराउने उदेश्यले आयोजित विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारीले अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वार्ड नं. ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनी प्रमुख आतिथ्यता रहेको थियोे ।विहान १०बजेदेखि सुरु भएको उक्त कार्यक्रममा पूर्व प्राथमिक तहका आमा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी आमाहरुले विद्यालयले बालबालिकाहरुमा असल संस्कारी विकास गर्न चाहेको धारणाले निकै नै सकारात्मक असर पार्ने भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य दिनेश भुसाले विद्यालयले विद्यार्थीहरुको शैक्षिक ,शारिरीक र मानसिक विकासका साथसाथै उनीहरुमा संस्कारी विकासलाई पनि उच्च महत्व दिएको बताउनुभयो । साथैँ उहाँले विद्यार्थीमा कुनै पनि सकारात्मक धारण निर्माण गर्नका लागि उनीहरुलाई सम्झाएर मात्र नपुग्ने यसका लागि व्यवहारिक रुपमा नै सिकाउने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी,अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल,क्यापस प्रमूख मनोज मरासिनी, विद्यालयका सह प्राचार्य मोहन खनाल क्षेत्री लगायतकाे उपस्थिति रहेको थियो ।कार्यक्रमकाे सञ्चालन प्राध्यापक सुमन भुसालले गर्नुभएको थियोे ।
प्रतिकृया दिनुहोस्