बुटवल, २९ बैशाख । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा मदन भण्डारी स्पोर्टस एकेडेमी र संचारकर्मी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमी ४—३ गोलले विजयी भएको छ । खेलको पहिलो मिनेटमा संचारकर्मीका तर्फबाट विष्णु घिमिरेले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए तर यो धेरै बेर टिक्न सकेन । एकेडेमीका डा सुशिल खनालले पेलाल्टी शुटमार्फत गोल फर्काए ।
संचारकर्मीको तर्फबाट दिनेश श्रेष्ठले अर्को गोल गर्दै फेरि अग्रता दिलाए पनि फेरी एकेडेमीका डा.सुशील खनाल ब्यक्तिगत दोस्रो बराबरी गोल गरे । खेलको दोस्रो हाफमा संचारकर्मीबाट स्वस्तिक श्रेष्ठले गोल गर्दै खेलमा पुन अग्रता दिलाए भने एकेडेमीका संग्राम मल्लले फेरि बराबरी गोल गरे । खेलको अन्तिम समयमा डा.शक्ति बस्नेत एकेडेमीका लागि निर्णायक गोल गरे ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । स्वास्थ्यका लागि खेलको महत्व प्रकाश पार्दै बुटवलमा खेल गतिविधिसंगै खेल हबका रुपमा पहिचान बनाउन सफल भएको उनले बताए ।त्यस्तै उपमेयर सावित्रादेवि अर्यालले यस्ता खेलले खेलाडीहरूमा भातृत्वकाे विकास हुनुका साथै विदेश पलायनलाई केही रूपमा राेक्न मद्दत गर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस्