Web Design In Nepal

युवा संघ नेपाल तिलाेत्तमाद्वारा अनाथ आश्रममा शैक्षिक सामग्री वितरण

बैसाख ३०, २०८१ आइतबार 218

तिलाेत्तमा ,राष्ट्रिय युवा संघ नेपालकाे ३५औ स्थापना दिवसकाे पुर्व सन्ध्यामा राष्ट्रिय युवा संघ नेपाल तिलाेत्तमा नगर कमिटिद्वारा अबिनास अनाथ आश्रम रूपन्देहीका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ।आश्रममा रहेका १९ जना बालबालिकाहरूलाई पढाइमा सहयोग पुर्‍याउने उद्धेयका साथ कापी,कलम,झाेला लगायतका सामाग्री वितरण गरिएको हाे। कार्यक्रम तिलाेत्तमा नगरकमिटी उपाध्यक्ष जीवन पाण्डेकाे अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोग सदस्य ईश्वर न्याैपानेकाे प्रमुख आतिथ्यता प्रदेश सदस्य शङ्कर पाण्डे,जिल्ला सचिव दिपेश कडेल जिल्ला सचिवालय सदस्य सञ्जय माली,सदस्य गणेश न्याैपाने नेपाल अविनास आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली लगायतकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रम बाेल्ने वक्ताहरूले राष्ट्रिय युवा संघ नेपालले केन्द्रदेखि नगरसम्म विभिन्न सिर्जनात्मक गतिविधि गरिरहेको बताउँदै आम जनताको विश्वासीलाे संगठनकाे रूपमा स्थापित हुन नयाँ नयाँ रचनात्मक कामहरू गरिरहनुपर्नेमा जाेड दिएका थिए।कार्यक्रममा नेपाल अविनास आश्रमका अध्यक्षले युवा संगको यस किसिम सृजनात्मक काम यस आश्रम आयर गर्दा अत्यान्तै खुसि भएको र अागामि दिनमा पनि सहयोगका लागि हातेमालो गर्न अनुरोध गर्नुभयो।
नगर सचिव सतिस सापकाेटाकाे सन्चालनमा भएकाे कार्यक्रममा काेषाध्यक्ष कमरेड उमेश कार्कीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे।

कार्यक्रममा नेपाल अविनास आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले युवा संगको यस्ता सृजनात्मक कामले आफू अत्यान्तै खुसि भएको र अागामि दिनमा पनि सहयोगका लागि हातेमालो गर्न अनुरोध गर्नुभयो। त्यस्तै कार्यक्रममा बाेल्दै जिल्ला सचिव दिपेश कडेलले राष्ट्रिय युवा संघले स्थापना कालदेखि नै नविन र सृजनात्मक काम गर्दै युवाहरुलाई सामाजिक काममा जोडिन र एक ठिक्का बनाएर गोलबद्दगर्दै अगाडि बढ्दै आएको स्मरण गर्दै हरेक युवाहरू उद्ममशीलतामा जाेडि सामाजिक काममा लाग्नुपर्नेमा जाेड दिनुभयो ।
त्यस्तै प्रमुख अतिथि ईश्वर न्यौपानेले राष्ट्रिय युवा संघ नेपाल लाखौं युवाकाे आसा र भराेसाकाे केन्द्र रहेको हुदा आम नेता कार्यकर्ताहरू जिम्मेवार भएर संगठनकाे काममा लाग्नुपर्नेमा जाेड दिनुभयो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्