
बुटवल ५,होराइजन गौतम बुद्ध मा.वि.ले शिक्षक,कर्मचारी तथा सेयर सदस्यहरूलाई एक दिने रिफरेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम प्रदान गरेको छ । मोटिभेसनल स्पिकर तथा भागवत गीताका शिक्षक विदूर फुइयालले सहजिकरण गरेको कार्यक्रममा शिक्षकहरूलाई योग, व्यायाम, ध्यान लगायत पेशागत सिकाइलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने कुरामा गीताका विभिन्न श्लोक र तिनको नेपाली अर्थसहित स्पष्ट गर्नुभएको थियो । सहभागीहरूलाई विभिन्न तरिकाबाट रिफरेस गराउँदै स्ट्रेस म्यानेजमेन्ट र मोटिभेसनल ट्रेनिङमा ध्यान केन्द्रित गर्नुभएको थियो ।
अनौपचारिक रूपमा सञ्चालन भएको कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा सञ्चालकहरूलाई एउटै स्थानमा राखी गरिएको यस कार्यक्रमको उद्देश्य पेशागत समर्पण, व्यवस्थापकीय कौशल, अनुशासनका साथै संस्थामा आवद्ध सबैलाई रिफरेसमेन्ट गराउनुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, सञ्चालकहरू, न्यु होराइजन कलेजका अध्यक्ष निर्मलप्रसाद लाकौल, न्यु होराइजन मातृसंस्थाका पूर्व अध्यक्ष एवम् न्यु हाेराइजन कलेजका सल्लाहकार बिमल बहादुर शाक्य, मातृसंस्थाका प्राचार्य एवम् न्यु हाेराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय, मातृसंस्थाका उपप्राचार्य बासुदेव अर्याल, बालकृष्ण भण्डारी, राजिव श्रेष्ठ, बुटवल मोडेल कलेजका प्राचार्य नेत्रप्रसाद बस्याल लगायतका विशिष्ट ब्यक्तित्वहरूकाे आतिथ्यता रहेको थियोे । कार्यक्रममा बाेल्दै,शैक्षिक निर्देशक जीवनाथ भण्डारी तथा उपप्राचार्य ज्ञानेश्वर ज्ञवालीले यस कार्यक्रमले प्रिनर्सरीदेखि कक्षा १२ सम्म प्राध्यापन गर्ने शिक्षक, कर्मचारी तथा शेयर सदस्यहरूलाई एकता बाँध्नका निम्ति उपयोगी भएको र यस कार्यक्रममा सिकेका कुरालाई व्यहारमा प्रयोग गर्दै गएमा संस्थालाई राष्ट्रकै नमुना विद्यालयका रूपमा उभ्याउन सकिने बताउनुभयो ।
प्राचार्य गोपालप्रसाद आचार्यले कार्यक्रमको मूल मर्ममा यथेष्ट समय दिनुपर्ने भएको हुँदा कार्यक्रमलाई औपचारिक रूपमा सञ्चालन नगरिएको बताउनुभयो।अनाैपचारिक रूपमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन संस्थाका उपप्राचार्य इन्द्र भुसाल र डा.नारायण प्रसाद पन्थले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्