Web Design In Nepal

SEE मा GPA ४ ल्याउने कृतिमकाे राेजाइमा हाेराइजन गाैतमबुद्ध मा.वि

असार १८, २०८१ सोमबार 1123

बुटवल १७,राष्ट्रिय परीक्षा बोर्डले SEE परीक्षा २०८० को परीक्षाफल सार्वजनिक गरेसङ्‌गै विद्यार्थीहरु कहाँ पढ्ने भन्ने चिन्ताले पिरोलि रहेका छन् ।विगतको बर्षभन्दा कमजोर रिजल्ट आएको रुपन्देहीमा सामुदायिक विद्यालयबाट रामापुर मा.वि का कृतिम भट्टराईले GPA
४ ल्याउन सफल भएका थिए। उनको राेजाई बनेको छ हाेराइजन गाैतमबुद्ध मा.वि तिलाेत्तमा।

विगतदेखिनै उत्कृष्ट रिजल्ट ल्याउन सफल हाेराइजन गाैतमबुद्ध मा.वि विगत केही बर्षदेखि उत्कृष्ट विद्यार्थीहरूकाे गन्तव्य बनेको छ। उच्च शिक्षा पढ्नको लागि रुपन्देही बाहिर जानुपर्छ भन्ने आम अभिभावकहरूकाे अभिलाषालाई हाेराइजन गाैतमबुद्धले राेक्न सकेकोमा आफूलाई खुसी लागेको प्राचार्य गाेपाल प्रसाद आचार्य बताउनुहुन्छ ।

अघिल्लो बर्षमा पनि GPA ४ ल्याएका विद्यार्थीहरूकाे राेजाई परेको हाेराईजन गाैतमबुद्ध मा.विमा विज्ञान तथा ब्यबस्थापन संकाय बिहानी तथा दिवा समयमा पढाइ हुने गर्दछ।
रामापुर मा.वि बाट GPA ४ ल्याई उत्कृष्ट हुन सफल कृतिम भट्टराईले आफू हाेराइजन गाैतमबुद्ध कलेज छान्नुकाे कारण यहाँको शैक्षिक बाताबरण ,अत्याधुनिक कक्षाकाेठा,प्रयाेगशाला तथा शिक्षकहरूको अनुभव तथा प्रविधिमैत्री वातावरण भएको बताए।साथै उत्कृष्ट विद्यार्थीहरू हाेराइजन गाैतमबुद्ध छाडेर काठमाडौं जानू नपर्ने बताए

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्