Web Design In Nepal

होराइजन जिबिएसका गाैरवले जिते अन्तराष्टिय उपाधि ,हाेराइजनमा गरियो भब्य स्वागत।

साउन ८, २०८१ मंगलबार 507

तिलाेत्तमा ०८,रूपन्देही
हाेराइजन गाैतमबुद्ध मा.वि तिलाेत्तमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी गौरव पौड्यालले भुटानको थिम्पुमा आयाेजित साउथ एशियन कराते प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्न सफल भएका छन् ।५०केजि समूहतर्फ दोश्रो स्थान प्राप्त गरी रजत पदक विजेता गाैरवलाई विद्यालयले एक कार्यक्रमका विच सम्मान गरेको ।

सम्मान कार्यक्रममा बाेल्दै गाैरव पाैडेलले अन्तर्राष्ट्रिय जगतमा प्रतिश्पर्धा गरि आफूलाई कराँते विद्यामा अब्बल सावित गर्न आफू सफल भएकोमा आफूलाई गाैरवबाेध भएको बताए। कार्यक्रममा गाैरव पाैड्यालका अभिभावक,कोच सुबेदार काजी राना, विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्य,उपप्राचार्य इन्द्र भुसाल,प्राध्यापक तथा कक्षा ११ तथा १२का बिद्यार्थीहरुकाे उपस्थिति रहेको थियोे ।कार्यक्रममा विजयी खेलाडीलाई अविर तथा खादा लगायर सम्मान गरिएको थियोे ।

कार्यक्रममा बाेल्दै विद्यालयका प्राचार्य गाेपाल प्रसाद आचार्यले खेलकुद क्षेत्रबाट राष्ट्रको शीर उचो राख्न महत्वपुर्ण योगदान गरी संस्थाको श्रीबृद्धिमा गाैरव पाैडेलले गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै होराइजन जिबिएस् उनको बहुआयामिक व्यक्तित्व बिकासको निम्ति पुलकाे काम गर्ने बताउनुभयो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्