
बुटवल । साउन ११, रोट्याक क्लब अफ मणिग्रामको पाँचौ पदस्थापन कार्यक्रम मार्फत वर्ष २०२४/२४ को लागि प्रमोद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमितिले शुक्रबार पदभार ग्रहण गरेको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित नेपाल सरकारका पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले एक वर्षमा गरेका सिर्जनशील गतिविधि सुन्ने अवसर प्राप्त भएको बताउँदै समिति समयमा यति धेरै गतिविधि गरेर नेतृत्व हस्तान्तरण गर्ने परिपाटी राजनीतिक दलले सिक्नुपर्ने विषय रहेको बताए । क्लबका गतिविधि सुन्दा क्लबले उचाइ लिने समेत विश्वास व्यक्त गरे । भट्टराईले नेपाल विश्वकै अनुपम प्राकृतिक, धार्मिक तथा ऐतिहासिकताले भरिपूर्ण मुलुक भएको हुँदा विश्वको आकर्षणको केन्द्र निर्माणमा युवा साथीहरूको योगदान महत्त्वपूर्ण रहने बताए । प्रमुख अतिथि भट्टराईले नेपालमा विभिन्न विषयमा अनेकता भएपनि हरेक क्षेत्रमा एकता र मित्रतापूर्ण व्यवहार भएको बताउँदै सबै मिलेर अबको नेपालको भविष्य कोर्ने बताए ।
विशिष्ट अतिथिको रुपमा सहभागी तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले मानव सेवा जीवनको सर्वोत्तम कार्य रहेको बताउँदै नेपालको उत्कृष्ट नगरपालिकामा सेवारत रोट्याक क्लब अफ मणिग्राम देशकै उत्कृष्ट क्लब बन्न सक्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउँदै नयाँ कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णप्रसाद बस्यालले निवर्तमान कार्यसमितिले उत्कृष्ट गतिविधि गरेकोमा धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिको सफलताको शुभकामना ब्यक्त गरे । आगामी वर्षका अध्यक्ष प्रमोद भण्डारीले पदभार ग्रहण गर्दै आफ्नो नेतृत्वमा क्लबले गर्ने गतिविधिका बारेमा आफ्नो प्रतिबद्ध ब्यक्त गरे । कार्यक्रममा लक्ष्मण ज्ञवाली, दिनेश गैरे, यज्ञ न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय क्रिकेटर देव खनालको विशिष्ट उपस्थिति थियो ।
क्लबको आगामी वर्षकोलागि उपाध्यक्षहरुमा गणेश पन्त,विनोद बस्याल, प्रतीक पौडेल र मञ्जु भुसाल रहेका छन् । क्लबमा सचिवमा अनुज न्यौपाने र कोषाध्यक्ष सिरज गैरे रहेका छन् । सहसचिव विन्दु भुसाल,सह कोषाध्यक्ष मोहन बहादुर दर्लामी रहेका छन भने कार्यसमितिका विभिन्न भुमिकामा सागर न्यौपाने,सागर बस्याल,सृष्टि भण्डारी,प्रवेश पाण्डे,सन्तोष के सि,शालिक भुसाल, प्रतीक्षा गैरे, यमुना खरेल, सञ्जय रेग्मी, सुशील पोख्रेल, सुमित न्यौपाने रहेका छन् ।
प्रतिकृया दिनुहोस्