Web Design In Nepal

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले साेमबार बृहत् वृक्षारोपण गर्ने

साउन १३, २०८१ आइतबार 185

बुटवल १३,राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा सोमबार गौतम बुद्धको मावली गाउँ देवदहमा बृहत वृक्षारोपण कार्यक्रम गर्ने भएको छ । देवहद नगरपालिका वडा नं. ११ स्थित सिक्टहन वनमा ५ हजार विरूवा रोप्ने कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुरज खरेलले जानकारी गराए ।
वृक्षारोपण कार्यक्रममा नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको समेत उपस्थिति रहने खरेलले जानकारी दिए । सित्तलनगर सामुदायिक वनले रोपण गरिने विरुवा उपलब्ध गराउने छ भने देवदह नगरपालिका तथा देवदह नगरपालिका वडा नं.११ ले प्राविधिक सहयोग गर्नेछ ।

अहिलेकाे प्रमुख आवश्यकता पर्यावरणीय संरक्षण रहेको तथा युवाहरूमा सचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको खरेलले बताए ।वृक्षरोपण कार्यक्रम साेमबार दिउँसो ३ बजेर ३ मिनेट जादा सुरू गरिने प्रचारविभाग प्रमुख कृष्णप्रसाद पाण्डेले बताए।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्