
देवदह,१४,रूपन्देही राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा आयाेजित एक युवा पांच बिरुवा भन्ने मूल नाराका साथ सञ्चालन भएको एक महिने अभियानको आज अन्तिम दिन वृहत् वृक्षरोपण कार्यक्रम देवदह नगरपालिका वडा नम्बर ११ सिक्टन वनमा विभिन्न प्रजातिका पांच हजार बिरुवा राेपी सम्पन्न भएको छ।राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुरज खरेलकाे अध्यक्षता नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यता,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेवे,केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठ , महासचिव सुमन पुरी,सचिव खेमराज शर्मा,नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा युवा इन्चार्ज तुल बहादुर अधिकारी,युवा संघ नेपाल लुम्बिनी प्रदेश इन्चार्ज केशव राेका,देवदह नगरपालिकाका मेयर धुर्ब खरेल ,उपमेयर विधालक्ष्मी गुरूङ्ग,नेकपा एमाले रूपन्देही जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरे,देवदह नगरपालिका प्रशासकिय प्रमुख कृष्ण सापकोटा वडा नम्बर ११ का वडा अध्यक्ष दुधनाथ थारू ,युवा संघ नेपालका केन्द्रीय सदस्यहरू लगायतको आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा बाेल्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेवेले राष्ट्रिय युवा संघ नेपालकाे १ महिने वृक्षरोपण कार्यक्रम साच्चिकै उपलब्धि मुलक भएको बताउदै ,बृहत वृक्षरोपण कार्यक्रम गरि केही मात्रामा सामाजिक उत्तरदायी बहन गर्ने कार्य गरेकोमा राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशलाई विशेष धन्यवाद दिए।
साेहि कार्यक्रममा बाेल्दै एमाले पाेलिटब्युराे सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले विगत केही बर्षयता पृथ्वीमा तापक्रम बढदै गइरहेको विषम परिस्थितिमा तापक्रम घटाउने मूल उपाय वृक्षरोपण रहेको हुदा ,मानिसको जीवनको लागि रूख अनिवार्य रहेको बताए ।बिरुवा राेपेर आफ्नै जीवनलाई स्वस्थ बनाउने हुदा बिरुवा राेपेर संरक्षणमा समेत त्यतिकै जिम्मेवार हुन आग्रह गरे।वृक्षरोपण कार्यक्रममा देवदह मा.वि का विद्यार्थी ,सामाजिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधी,राजनीति दलका प्रमुख तथा प्रतिनिधि,सुरक्षा निकाय ,स्थानीय तथा पत्रकारहरूकाे उल्लेखनीय उपस्थिति रहेको थियोे ।कार्यक्रमकाे सञ्चालन सचिव सन्ताेष आेलीले गरेका थिए।
प्रतिकृया दिनुहोस्