
बुटवल ,आर्थिक अनुसन्धान केन्द्र नेपालकाे दाेस्राे महाधिवेशन सम्पन्न भएको छ ।विकासका लागि अनुसन्धान अभियानका साथ लुम्बिनी प्रदेश भित्र कार्यक्षेत्र रहने गरि २०७८ साल लुम्बिनी प्रदेश सरकारमा दर्ता भएको सस्थाकाे दाेस्राे अधिवेशन आज सम्पन्न भएको हाे।केन्द्रका अध्यक्ष हुमराज भुसालको अध्यक्षतामा चलेको अधिवेशनमा अध्यक्ष हुमराज भुसालले सस्थाकाे कार्य प्रगति र आगामी याेजना समेटिएको प्रतिवेदन पेस गर्नु भएको थियाे ।काेषाध्यक्ष जीवन परियारले आर्थिक विवरण पेस गर्नु भएको थियाे । दुवै प्रतिवेदनलाई सर्वसहमत रुपमा स्वीकृत गर्दै अधिबेसनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्षमा हुमराज भुसाल,उपाध्यक्ष प्रशान्त रावल
सचिव राजेन्द्र भुसाल, काेषाध्यक्ष जीवन परियार,कार्य समिति सदस्यहरूमा यम बहादुर कार्की ,भाेजराज पङ्गेनि,भाेजराज न्याैपाने र निर्मल हुमागाईं रहनु भएको छ । कार्यक्रममा उपस्थित सबैलाई स्वागत मनतव्यबाट उपाध्यक्ष प्रशान्त रावलले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव राजेन्द्र भुसालले गर्नु भएको थियाे ।
प्रतिकृया दिनुहोस्