Web Design In Nepal

ईन्जिनियरहरुमा चुनावी रौनक ; लुम्बिनी प्रदेशमा जयलाल मरासिनीको उम्मेदवारी

साउन २०, २०८१ आइतबार 498

साउन १७, बुटवल
नेपालमा रहेका दर्तावाला ईन्जिनियर तथा आर्किटेक्टहरुको छाता सस्था नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचन नजिकिदै जादा ईन्जिनियरहरुमा चुनावको रौनक बढिरहेको छ |

केन्द्रको र सातै प्रदेशको नेपालभर एकै दिन भाद्र २८ गतेको लागि तोकिएको निर्वाचनमा लुम्बिनी प्रदेशमा समेत माहोल तातेको छ | ३ फरक फरक संगठनबाट ३ वटा प्यानल बनाएर चुनावमा उम्मेदवारी दर्ता भएको छ | नेकपा एमाले निकट पिनबाट ई. जयलाल मरासिनी, काङ्ग्रेस निकट सिडेनबाट ई. महेश्वर लम्साल र माओवादी निकट नियोनबाट ई. धर्मराज अर्याल लुम्बिनी प्रदेशको सभापतिको लागि उम्मेदवारी दर्ता भएको निर्वाचन समिति सदस्य ई. हेमराज शाहीले जानकारी दिनुभएको छ |

प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसन नेपाल(पिन)बाट ई. जयलाल मरासिनीको नेतृत्वमा प्रदेशबाट केन्द्रिय सदस्यमा ई. बलराम पौडेल, उपसभापतिमा आ. प्रभा पाण्डे, सचिबमा ई. शिशिर ज्ञवाली क्षेत्री, सह-सचीवमा ई. प्रदीप घिमिरे र कोषाध्यक्षमा ई. राजु ढकालले उम्मेदवारी दिनुभएको छ |
त्यसैगरी सदस्यहरुमा सोहि प्यानलबाट ई. विमल कँडेल , ई. निशा बेल्बासे, ई. सुवर्ण न्यौपाने , ई. तिलक चलाउने, ई. सुभाष पुलामी , ई. सुनिल के सि , ई. वल्लभ भण्डारी , ई. विपिन पौडेल, ई. आकास पराजुली र ई. बिबेक पन्थीको उम्मेदवारी रहेको संगठनका केन्द्रिय उपाध्यक्ष ई. दुजेन्द्र बस्नेतले जानकारी दिनुभएको छ |

सडक विकासमा जोडिने एउटा नमुना नाम “ई. जयलाल मरासिनी “; लामो अनुभव परिपक्व व्यक्तित्व !!

सियारी ६, रुपन्देहीका स्थाई बासिन्दा ई. जयलाल मरासिनी सडक क्षेत्रमा अत्यन्त सफल र सक्षम नामको रुपमा लिने गरिन्छ | फिलिपिन्स बाट BSCE तथा पोखरा युनिभर्सिटीबाट निर्माण व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएका मरासिनी हाल ६० वर्ष को उमेरमा समेत ईन्जिनियर तथा ईन्जिनियरिङ क्षेत्रमा परेका समस्यालाई समाधान गर्न कटिबद्ध रहने गरेका छन | सडक डिभिजन कार्यलय बुटवलको कार्यलय प्रमुखको रुपमा सक्रिय तथा उर्जाशिल समय विताएर सेवा निवृत्त व्यक्तित्व हुन जयलाल मरासिनी |

३७ वर्षको कार्य अनुभव सहित बुटवल कार्यलयको प्रमुखको रुपमा आउनासाथ बुटवल – बेलहिया ब्यापारीक मार्गको ६ लेन सडक अन्तर्गत चौराहा – गोलपार्क सडक खण्डको ६ वर्ष देखीको सडक विस्तारको अवरोधलाई पन्छाएर एकाएक डोजर लिएर सडकमै पुग्ने ईन्जिनियरको रुपमा परिचय समेत बनाएका छन |

लामो अनुभव र एउटा परिपक्व पुस्ताबाट पिन लुम्बिनी प्रदेशको तर्फबाट सभापतिमा उम्मेदवारी दिदै लुम्बिनी प्रदेशमा पिनको एउटा दरिलो युवा पुस्ताको टोलिको नेतृत्व गर्दै उम्मेदवारी दिएको र पाका पुस्ताको अनुभव र युवा पुस्ताको जोस सहित नेपाल ईन्जिनियर्स एसोसिएसनलाई सबैको साझा बनाउने लक्ष्य सहित आफ्नो संगठनले उम्मेदवारी दिएको पिन लुम्बिनी प्रदेश अनुशासन आयोगका अध्यक्ष ई. एन. एस. भण्डारीले दावि गरेका छन |

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्