
बुटवल ३१ ु
रुपन्देहीको बुटवलस्थित बुटवल बहुमुखी क्याम्पसको निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी डा. दुर्गा भुसालले पाएका छन् । रिक्त क्याम्पस प्रमुख पदमा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को साउन २८ गतेको निर्णय अनुसार डा. भुसाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी तोकिएको उपकुलपति प्रा.डा.केशर जङ्ग बरालले बताए ।
क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले आफ्नो स्वास्थ्यमा समस्या परेकाले क्याम्पस प्रमुख पदमा रही कार्य गर्न नसक्ने भन्दै गत साउन २४ गते राजीनामा दिएका थिए ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–५ मा जन्मिएका डा.भुसाल हाल बुटवल उपमहानगरपालिका–१२ मा बस्दै आएका छन् । उनी वि.सं. २०६२ सालदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका छन् । भुसालले घरायसी निर्णय प्रक्रियामा जेष्ठ नागरिकको आर्थिक स्थितिमा विद्यावारिधी (पीएचडी) गरेका छन् ।
images
प्रतिकृया दिनुहोस्