Web Design In Nepal

होराइजन गौतम बुद्ध मा.वि.मा वेभ डेभलपमेन्ट तालिम सम्पन्न

साउन ३२, २०८१ शुक्रबार 1520

श्रावण ३२ रूपन्देही
होराइजन गौतम बुद्ध मा.वि.तिलोत्तमा १,ड्राइभरटोलमा एक हप्ते Web Development तालिम सम्पन्नभएको छ । कक्षा ११ मा कम्प्यूटर विषय अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै एक हप्तासम्म सञ्चालन भएको HTML, CSS, Java Script / Git Hub तालिमको भव्य समारोहबीच सम्पन्न गरेको हो । विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यद्वारा २०८१ श्रावण २७ गते समुद्घाटन गरिएको तालिम श्रावण ३२ गते समापन गरिएको छ । दैनिक ३ सिफट्मा सञ्चालन भएको उक्त कार्यक्रममा २५० बढी विद्यार्थीहरूको सहभागीता रहेको थियो । विद्यार्थीहरुलाई वेभ साइट तयार गर्नका निम्ति आइपर्ने व्यवहारिक सिपको विकास गर्ने गराउने र व्यक्तिगत तथा व्यवसायिक वेभसाइट तयार गर्नका निम्ति सक्षम बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको कुरा प्रोग्राम संयोजक, प्राध्यापक माधव अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रमलाई गुणस्तरीय र परिणाम मुखी बनाउने उद्देश्यले सोही क्षेत्रका Web Programming विज्ञ, स्किल प्रम्ट कम्पनीका श्री वैजनाथ चौधरी र विशाल थापा स्रोत व्यक्तिका रुपमा रहनुभएको कुरा प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिनुभयो । साथै उहाँले विद्यार्थीहरुलाई विगतका वर्षहरुदेखि नै नेतृत्व ÷व्यक्तित्व विकास तालिम, बैंकिङ् तालिम, लेखा तालिम, शेयर मार्केट तालिम,कम्प्युटर विज्ञान र होटल व्यवस्थापन सम्बन्धी विविध किसिमका तालिम दिईंदै आएको कुरासमेत बताउनुभयो ।
तालिममा सहभागी विद्यार्थीहरुले तालिमबाट आफूहरुलाई धेरै फाइदा भएको र वेभपेज डिजाइन सम्बन्धी कार्यमा अझ उत्सुक बनाएको कुरा बताए भने प्राचार्य गोपालप्रसाद आचार्यले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेतर्फ जोड दिनुभयो । कार्यक्रममा सहभागी सबैलाई प्रमाण पत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा विद्यालयका उपप्राचार्य इन्द्रप्रसाद भुसाल, संयोजक प्रदीप अर्याल,डा.नारायणप्रसाद पन्थ,अतिरिक्त क्रियाकलाप संयोजक डा. मुरारि पराजुली,कम्प्युटर विषयका प्राध्यापकहरु, स्किल प्रम्टका एम.डी.इञ्जिनियर दिपेन्द्र विष्ट लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रमको सञ्चालन तालिमका संयोजक प्राध्यापक माधव अर्यालले गर्नुभएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्