Web Design In Nepal

राष्ट्रिय युुवा संघ नेपाल लुम्बिनी प्रदेशकाे बैठक विभिन्न निर्णय गर्दै कपिलवस्तुमा सम्पन्न ।

भाद्र १, २०८१ शनिबार 331

कपिलवस्तु १,रास्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीकाे दाेर्साे पुर्ण बैठक कपिलवस्तुमा सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुरज खरेलको अध्यक्षमा बसेको बैठकको प्रमुख अतिथि संगठनका केन्द्रिय अध्यक्ष क्षितिज थेवे, बिशिस्ट अतिथिमा उपाध्यक्ष पुष्पराज श्रेष्ठ,संगठनका महासचिव सुमन पुरी , केन्द्रिय सचिव खेमराज शर्मा स्थायि कमिटी सदस्य तथा प्रदेश इंचार्ज केशव राेका ,सह इन्चार्ज जीवन अधिकारी,युवा फाट उपप्रमुख धनु अधिकारी बिज्ञ परिषद केन्द्रिय उप प्रमुख दिननाथ भट्टराई ,केन्द्रीय सदस्यहरू विक्रम खनाल,कपुर घिमिरे,पुर्णिमा बुढाथोकी ,लगायतको उपस्थिति रहेको थियो। बैठमा जिल्लागत कमिटीको रिपोर्टिङ , भदौ १५ गते दाङमा हुन लागेको युवा भेलालाई बृहत् गराउनकाे लागि विभिन्न कार्ययोजना समेत तय गरेकाे छ। कार्यक्रममा लुम्बिनी प्रदेश इन्चार्ज केशव राेकाले लुम्बिनी प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश स्थापनाकाे लागि सबै जिल्ला कमिटीहरूले पालिका तथा वडा तहसम्म गई संगठन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बाेल्दै केन्द्रीय सचिव खेमराज शर्माले राष्ट्रिय युवासंघ नेपाल आम युवाको आशाको केन्द्र रहेको हुदा सम्पूर्ण युवाकाे मन जित्ने गरि काम गर्न आग्रह गर्नुभयो ।बैठकमा बाेल्दै केन्द्रीय महासचिव सुमन पुरीले युवाहरू केवल नेता बन्नकाे लागि शक्ति केन्द्र धाउन छाडि आम युवाकाे समस्या पहिचान गरि समाधानका उपाए पहिल्याई समाधान गरि ,नवयुवाहरुको विश्वास जित्नेगरी लाग्नुपर्नेमा जाेड दिदै जनताको विचमा जानकाे लागि सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो ।बैठकलाई सम्बाेधन गर्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठले युवा संघका सम्पूर्ण गतिविधि जनताकाे घर आगनसम्म पुग्नुपर्नेमा जाेड दिदै युवा नेताहरूमा प्रशिक्षण आवश्यक रहेको ठानी सातै प्रदेशमा युवा भेला तथा प्रशिक्षण कार्यक्रमकाे आयोजना गरेको बताउनुभयो ।बैठकमा बाेल्दै प्रमुख अतिथि क्षितिज थेवेले अधिवेशन नगरेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लालाई यही भदौ महिनाको अन्तिमसम्म अधिवेशन गर्न निर्देशन दिनुभयो ।विषम परिस्थितिमा नेतृत्व आवश्यक पर्ने हुदा अप्ठ्यारो परिस्थितिमा नेतृत्व लिने नेताहरू नै अगाडि बढनुपर्नेमा जाेड दिनुभयो ।
बैठकमा उपस्थित सम्पूर्णमा स्वागत सुदा ज्ञवालीले गर्नुभएको थियोे भने वैठककाे सञ्चालन सचिव हरिस वलीले गर्नुभएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्