
तिलाेत्तमा ६,
हाेराइजन गाैतमबुद्ध मा वि रूपन्देहीमा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको छ।अतिरिक्त क्रियाकलाप प्रमुख डा.मुरारि पराजुलीको अध्यक्षता तथा संस्थाका संयाेजक रूद्ध भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे। विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनरत छात्राछात्रहरू सहभागी कार्यक्रममा विद्यार्थीहरूले विदेश पलायन ,अवसर र चुनाैती विषयक शीर्षकमा आ-आफ्नो भनाइ राखेका थिए।
कार्यक्रममा प्रथम प्रिय गुप्ता ,द्वितीय समृद्धि पाण्डे ,तृतीय प्रकृति सुवेदी र भावना भट्टराई भएका छन् ।वक्तृत्वकला प्रतियाेगितामा निर्णायककाे रूपमा प्राध्यापकद्वय कृष्णप्रसाद पाण्डे र बालकृष्ण पाठक रहनुभएकाे थियो भने कार्यक्रमकाे सञ्चालन प्राध्यापक दिपक ज्ञवालीले गर्नुभएको थियोे ।कार्यक्रममा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विशेष समारोहका साथ पुरस्कृत गर्ने डा.मुरारि पराजुलीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्