Web Design In Nepal

लुम्बिनी प्रदेशमा हुने युवा भेलाको तयारी तिब्र ,दुई हजार युवा सहभागी हुदै

भाद्र १२, २०८१ बुधबार 153

बुटवल ,१२ राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको बृहत् युवा भेलाकाे तयारी तिब्र रूपमा अगाडि बढीको छ।
सातै प्रदेशमा प्रदेश स्तरिय युवा भेला गर्ने केन्द्रीय कमिटीको निर्देशन अनुरूप लुम्बिनी प्रदेशमा यहि भदौ १५ गते दाङ्गकाे तुलसीपुर उपमहानगरपालिका ९ स्थित होटेल मेट्रोमा आयोजना गरिएको छ। उक्त भेलामा राष्ट्रिय युवा संघ नेपालका लुम्विनी प्रदेशबाट केन्द्रिय कमिटिमा प्रतिनिधित्व गर्ने पदाधिकरी, स्थाईकमिटी सदस्यहरु,केन्द्रिय कमिटिका सदस्यहरु, केन्द्रिय आयोगका सदस्यहरु,केन्द्रिय बिभागका सदस्यहरु,प्रदेश कमिटीका सम्पूर्ण पदाधिकारी,सदस्य,बिभागिय पदाधिकारी एवम सदस्यहरू, १२ जिल्लाका जिल्ला कमिटीका पदाधिकारी,जिल्ला कमिटीका बिभागिय प्रमुख, स्थानिय तह पालीका कमिटिका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी हुने कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले बताउनुभयो ।

युवाभेला तथा प्रशिक्षण कार्यक्रम भाद् १५ गते विहान ९ बजेबाट सुरू हुनेछ भने भेलाको उद्घाटन नेकपा एमालेका महासचिव शकर पाेखरेलले गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष खरेलले बताउनुभएको ।कार्यक्रमलाई व्यापक बनाउन विभिन्न उपसमिति गठन गरेर कामहरू अगाडि बढाउनुका साथै प्रचारप्रसारलाई व्यापक बनाइएको छ। उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा युवा संघसंग सम्बन्धित करिब दुइ हजार युवाको सहभागीता रहने आकलन गरिएको छ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्