Web Design In Nepal

जन्मदिन मनाउने उत्कृष्ट तरिका केक नकाटी जेष्ठनागरिकसँग दिवाभोजन तथा अनुभव आदानप्रदान ।

भाद्र १८, २०८१ मंगलबार 507

तिलाेत्तमा १८, हिजोआज विभिन्न शुभ कार्यमा केक काट्ने प्रचलन बढेसङ्गै ,केककाे प्रयाेग गर्ने प्रचलन बढिरहेको छ।विभिन्न केमिकल प्रयाेग गरि निर्माण गरिएको केक मानव स्वास्थ्यकाे लागि त्यति हितकर मानिदैन तथापि प्रयाेग भने राेकिएकाे छैन् ।केक काटेर जन्म दिन मनाउने कुरा नेपाली संस्कृति अनुकुल नरहेको हुदा फरक तरिकाले जन्म दिन मनाइएकाे छ।

जेष्ठ नागरिक मिलन केन्द्र रूपन्देहीका संस्थापक सदस्य तथा केन्द्रका प्रमुख संरक्षक डा.नारायणप्रसाद पन्थ, विपश्यना केन्द्रका सहआचार्य खडानन्द पौडेल र सुवेदार मेजर हितमान पुनको जन्मदिन मनाउने क्रममा केक काट्ने संस्कृतिको विकल्प जेष्ठनागरिक बुबाआमाहरुसँग अनुभव साटासाट गर्दै दिवाभोजन कार्यक्रम गरेर जन्म दिन मनाइएको छ ।रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको समेत उपस्थिति रहेको कार्यक्रममा फरक र सिर्जनात्मक ढंगले जन्म दिन मनाइएकाे हाे।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अर्यालले श्री शृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पान्डे, छोरी शिक्षा कार्यक्रमका अध्यक्ष ओमीकला पुन , पूजा समितिका संयोजक नेत्रप्रसाद ज्ञवाली तथा उहाँहरुको संचालक टिमलाईलाई बधाईसहित कार्यक्रमको निरन्तरताको शुभकामना गर्दै जन्म दिन मनाउने नयाँ तरिकालाई तारिफ गर्नुभएको थियो । जेष्ठ नागरिक बुबाआमासँग यसरी साक्षातकार गर्न पाउने कार्यक्रम निकै मौलिक भएकाेमा खुसी समेत व्यक्त गर्नुभयो ।उहाँले राज्यले गर्नुपर्ने काम सम्पर्क समाजको अगुवाइमा हुनु अरु समाजहरुका निम्ति पनि अत्यन्तै प्रेरणादायी र अनुकरणीय भएको बताउदै यी सम्पूर्ण कार्यक्रमको निरन्तरताको लागि शुभकामना दिनुभयो। उक्त कार्यक्रममा विशेष आतिथ्यता स्वामी श्री रामचन्द्र दासजी,महाराज महामन्त्री श्री अविरल भारतीय सन्त समिति गुजराज भारतको विशेष उपस्थिति रहेको थियो । उहाहरूले मानवीयअमूल्य जीवनमा गर्नुपर्ने सत्कर्मका बारेमा प्रकाश पार्नुभयो ।

गुल्मेली सम्पर्क समाज रुपन्देहीको गुरुयोजना अनुसारका कार्यक्रमको अवलोकन गरिदिनु भएकाेमा समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएकाे थियोे ।
उक्त कार्यक्रममा एकहप्तादेखि निरन्तर रुपमा संचालन गर्दै आउनु भएको प्रवचन कार्यक्रम संचालकद्वय ब्रह्माकुमारी कृति दिदी तथा ब्रह्माकुमारी कृष्ण बहिनीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष यदुनाथ पान्डेले स्वागत मन्तव्यसहित कार्यक्रम संचालन कार्यविधि प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको संचालन गणेश कडेलले गर्नुभएको समाजका सदस्य भोजेन्द्र खत्रीले जानकारी दिनुभयो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्