प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन नेपाल (पिन) बाट उम्मेदवार बनेका ईन्जिनियर जयलाल मरासिनीले लुम्बिनी प्रदेश इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा आफ्नो सम्पूर्ण प्यानल विजयी हुने दाबी गरेका छन् । मरासिनीले आफ्नो समूहले १८२ मतको फराकिलो अन्तरले जित्ने ठोकुवा गरेका छन् ।
तीनवटा मतदान केन्द्रबाट ७० देखि ७२ प्रतिशत मतदाताहरूले मात्रै मतदान गर्ने सम्भावना छ । उनले निर्वाचनमा आफ्नो प्यानललाई पूर्ण समर्थन मिल्ने विश्वास व्यक्त गर्दै लुम्बिनी प्रदेशका इन्जिनियरहरूको हकहितका लागि आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् । यसपालि आफु अधिकांश ईन्जिनियरहरुसंग प्रत्यक्ष भेटेर मत माग्न सफल भएको बताउँदै उनले धेरै मतदाताहरु यसपालि परिवर्तनलाई अंगाल्न चाहेको र त्यो नेतृत्व गर्ने टिमको रुपमा ईन्जिनियरहरुले आफ्नो टिमलाई लिएको दावी गरे ।
उनका अनुसार १३.५ प्रतिशत त नेपाल ईन्जिनियर्स एशोसिएसनका सदस्यहरु विदेशीएका छन् । साढे ५ प्रतिशत सदस्य विकट क्षेत्रमा रहेकाले मतदानमा उपस्थित हुने सम्भावना नरहेको र ४ प्रतिशत सदस्य अरु प्रदेशमा कार्यरत रहेकोले ७० देखि ७२ प्रतिशत सदस्यले मात्र मतदान गर्ने आँकलन गरिएको बताएका छन् ।
यसैबिच उम्मेदवार जयलाल मरासिनीले आफु आफ्नो कार्यकालको २ वर्ष पूर्ण रुपमा एनईएकै कार्यलयमा रहेर ईन्जिनियरहरुलाई रोजगार, पेशागत सुरक्षा र पेशागत क्षमता अभिवृद्धि गराउन सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । सेवा अवकासपछि आफु कुनै पेशा र व्यवसायमा सक्रिय नरहेकोले नितान्त रुपमा ईन्जिनियरहरुको काँधमा काँध मिलाएर हरपल एनइएको कार्यलयमा भेटिने र ईन्जिनियरहरुको आफ्नै कार्यालयको रुपमा लुम्बिनी प्रदेशको भवनलाई विकास गर्ने बताएका हुन् । यसअघिका नेतृत्वहरुले कार्यालयमा समय दिन नसक्दा एनईए प्रति ईन्जिनियरहरुको वितृष्णा रहेको जनाउँदै अवको दुई वर्ष एनईएको कार्यलय र काम नै आफ्नो पेशा वा व्यवसाय हुने बताएका हुन् । सबै विचार समूहका ईन्जिनियरहरुले एनईएको कार्यलय आफ्नो भएको महसुस अवको दुई वर्षमा गर्ने उनको दावी छ ।
प्रतिकृया दिनुहोस्