Web Design In Nepal

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनीकाे बृहत् युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

अषोज ६, २०८१ आइतबार 41

तुल्सिपुर,५ राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको बृहत् युवा भेला तथा प्रशिक्षण कार्यक्रम दाङको तुल्सिपुरमा सम्पन्न भएको छ।लुम्बिनी प्रदेश अन्तर्गत रहेका १२ जिल्लाका करिब पांच सय युवाहरू सो प्रशिक्षणमा सहभागी भएका थिए।
सातै प्रदेशमा प्रदेश स्तरिय युवा भेला गर्ने केन्द्रीय कमिटीको निर्देशन अनुरूप लुम्बिनी प्रदेशमा आज दाङ्गकाे तुलसीपुर उपमहानगरपालिका ९ स्थित होटेल मेट्रोमा आयोजना गरिएको हाे। उक्त भेलामा राष्ट्रिय युवा संघ नेपालका लुम्विनी प्रदेशबाट केन्द्रिय कमिटिमा प्रतिनिधित्व गर्ने पदाधिकारी,स्थाई कमिटी सदस्यहरु,केन्द्रिय कमिटिका सदस्यहरु , केन्द्रिय आयोगका सदस्यहरु, केन्द्रिय बिभागका सदस्यहरु, प्रदेश कमिटीका सम्पूर्ण पदाधिकारी ,सदस्य ,बिभागिय पदाधिकारी एवम सदस्यहरू १२ जिल्लाका जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीका बिभागिय प्रमुख,स्थानिय तह पालीका कमिटिका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी भएकाे राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले बताउनुभयो ।


युवाभेला तथा प्रशिक्षण कार्यक्रममा उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्तालाई पार्टी स्कुल बिभागका सदस्य समेत रहनुभएका प्रशिक्षक वाईपी आचार्यले ,बिज्ञान प्रविधिको विकाश संगै आजको युवा पुस्ताले आफैलाई भोलिको नेतृत्व गर्न योग्य वनाउन ,प्रविधिको उपयोग गर्दै आफैलाई कसरी अपडेट गर्ने भन्ने बिषयमा प्रशिक्षण दिनुभयो ।प्रबिधिको आविस्कार र बिकास मानिसले गरेको भए पनि , दुरुपयोग गर्दा मानव अस्तित्वनै संकटमा पर्न सक्ने तर्फ सचेत गराउदै ,सदुपयोग गरेर मानव जातिको बिकाश र उन्नतिमा केन्द्रित गर्न प्रबिधिको उचित प्रयोग कसरी गर्नसकिन्छ भन्नेमा प्रशिक्षण दिनुभयो ।

भेलाको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पाेखरेलले गर्नुभएकाे थियोे ।कार्यक्रममा नेकपा एमाले केन्द्रीय नेता तथा युवा इन्चार्ज राजिव पहारी ,राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवे,उपाध्यक्ष पुष्पराज श्रेष्ठ,संगठनका महासचिव सुमन पुरी , केन्द्रिय सचिव खेमराज शर्मा स्थायि कमिटी सदस्य तथा प्रदेश इंचार्ज केशव राेका ,सह इन्चार्ज जीवन अधिकारी ,युवा फाट उपप्रमुख धनु अधिकारी, केन्द्रीय सदस्यहरू विक्रम खनाल लगायतको उपस्थिति रहेको थियो ।


।कार्यक्रममा बाेल्दै केन्द्रीय सचिव खेमराज शर्माले राष्ट्रिय युवासंघ नेपाल आम युवाको आशाको केन्द्र रहेको हुदा सम्पूर्ण युवाकाे मन जित्ने गरि काम गर्न आग्रह गर्नुभयो ।त्यस्तै केन्द्रीय महासचिव सुमन पुरीले युवाहरू केवल नेता बन्नकाे लागि शक्ति केन्द्र धाउन छाडि आम युवाकाे समस्या पहिचान गरि समाधानका उपाए पहिल्याई समाधान गरि ,नवयुवाहरुको विश्वास जित्नेगरी लाग्नुपर्नेमा जाेड दिदै जनताको विचमा जानकाे लागि सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो ।कार्यक्रममा सम्बाेधन गर्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठले युवा संघका सम्पूर्ण गतिविधि जनताकाे घर आगनसम्म पुग्नुपर्नेमा जाेड दिदै युवा नेताहरूमा प्रशिक्षण आवश्यक रहेको ठानी सातै प्रदेशमा युवा भेला तथा प्रशिक्षण कार्यक्रमकाे आयोजना गरेको बताउनुभयो ।भेलामा बाेल्दै केन्द्रीय अध्यक्ष क्षितिज थेवेले युवाहरू राष्ट्रका संवाहक भएको हुदा समाज परिवर्तनको लागि अगाडि बढनुकाे विकल्प नभएकोमा जाेड दिनुभयो ।

वृहत् भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा एमालेका नेता तथा युवा इन्चार्ज राजिव पहारीले युवाहरू राष्ट्रका नायक भएको हुदा राज्यलाई असल मार्गमा हिडाउन मार्गनिर्देशन गर्नुकाे विकल्प नभएको बताउनुभयो ।भेलाको उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पाेखरेलले राज्यमा अहिले केही मानिसहरू जनताको सेन्टिमेन्टल बटुल्न सामाजिक सञ्जालकाे प्रयाेग गरि जनतामा निरासा ल्याउने काममा लागेको हुदा,गलत कुराकाे युवाहरूले सिर्जनात्मक आलोचना गर्नु आवश्यक रहेको ठान्दै ,देशको विकासको लागि एमालेकाे विकल्प नभएको बताउनुभयो ।कार्यक्रममा उपस्थित प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथि तथा सम्पूर्णमा आभार ब्यक्त गर्दै,राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश नामले नभई कामले देशकै उत्कृष्ट प्रदेश कमिटी निर्माणमा आफुहरू लागेको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले बताउनुभयो ।कार्यक्रमकाे सञ्चालन सचिव सन्ताेष वलीले गर्नुभएको थियो

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्