Web Design In Nepal

कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले १३ लाखसम्म बुझाएको दिए बयान

कार्तिक २२, २०८१ बिहिबार 65

कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले १० देखि १३ लाखसम्म बुझाएको बयान दिएका छन्।

मानव तस्करीमा मुछिएको भन्दै मन्त्री अधिकारीले बुधबार पदबाट राजीनामा दिएका थिए।

मन्त्री अधिकारीसँगै उडेका तीन जना र कीर्ते कागजात बनाउनमा संलग्न तीन जना गरी ६ जनामाथि अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

जापानको अध्यागमनले मन्त्रीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेको थियो।

उनीहरूले आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै परिचय पत्र बोकेका थिए।

‘दुई जनाले मन्त्रालयको कार्ड बनाएका रहेछन्। एक जनासँग पालिकाको कार्ड थियो। एटिएम कार्ड जस्तै प्रकृतिको कार्ड भिरेर गएको पायौं,’ प्रारम्भिक अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘त्यही सरकारी कागजात कीर्तेमा अनुसन्धान थालेका हौं।’

Laxmi bank
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अध्यागमन कार्यालयबाट पत्राचार भएपछि तीनै जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका तीन जनाले कागजात बनाउन सहयोग गर्नेहरूको नाम भनेका थिए। उनीहरूले आफूहरूसँगै मन्त्रीसमेत गएको बयान दिएका थिए।

प्रहरीसँग कागजात बनाउने मानिसको नाम भनेपछि तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे छन्।

‘उनीहरूमध्ये महेश पाण्डेको भूमिका धेरै देखिन्थ्यो, पाण्डेलाई उनीहरूले १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको प्रारम्भिक बयानका क्रममा बताएका थिए,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्