२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि नेताहरुलाई प्रदेशगत जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।
कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
निर्वाचन परिचालन समितिले उम्मेदवार छनोटको कार्यतालिका पनि बनाइएको छ । स्थानीय तहमा हुने उपनिर्वाचन हुने स्थानमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आजदेखि नाम दर्ता सुरु गरिएको केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी गराए । उम्मेदवार हुन इच्छुकका लागि दर्ता अवधि दर्ता २५ कात्तिकसम्मका लागि तय गरिएको छ ।
२५ कात्तिकको साँझ ८ बजे प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन गरिने रास्वपाले जानकारी गराएको छ । प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय २६ कात्तिकका लागि तोकिएको छ । २७ कात्तिकमा उम्मेदवारसँग छलफल र अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ।
प्रतिकृया दिनुहोस्