Web Design In Nepal

उपनिर्वाचनमा चुनावी गठबन्धन नगर्ने माओवादीको निर्णय

कार्तिक २६, २०८१ सोमबार 114

। नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले बताए।

उनले भने, ‘आजको बैठकले सिफारिस भएर आएको उम्मेदवारको नाम अनुमोदन गरेको छ। अनुमोदनसँगै पार्टी पङ्क्तिलाई उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन पनि गरेको छ। हामी यो निर्वाचनमा एक्लै लड्छौँ।’

उनले केही स्थानीय तहमा आवश्यकताको आधार गठबन्धनबारे सम्बन्धित स्थानीय तहले नै निर्णय गर्नसक्ने पनि बताए।

उनले भने, ‘केही स्थानीय तहमा तलको कमिटीले गर्नसक्छन्, सत्तारुढ दलबाहेक विपक्षीसँग आवश्यकताको आधारमा हुनसक्छ।’

मंसिर १६ गते स्थानीय तहको ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्