![](https://hajurkopost.com/wp-content/uploads/2024/11/IMG_20241116_153803-rotated.jpg)
तिलोत्तमा मङ्सिर १
न्यु होराइजन कलेज (होराइजन जिविएस) ड्राइभरटोल, रुपन्देहीले भव्य समारोहबीच स्वागत समारोह कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको लागि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूद्वरा स्वागत समारोहको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता कक्षा १२ मा अध्ययनरत छात्रा करीना गिरीले गर्नुभएको थियो । प्रमुख अतिथिका रुपमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारी रहनुभएको थियो भने विशिष्ट अतिथिका रुपमा तिलोत्तमा नगरपालिका वडा नं. १ का अध्यक्ष फर्सुराम गिरी, न्यु होराइजन कलेज व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौल, क्षितिज इन्टरनेशनल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, बुटवल मोडेल कलेजका प्राचार्य डा.नेत्रप्रसाद बस्याल, न्यु होराइजन मातृसंस्थाका उपप्राचार्य बासुदेव अर्याल लगायत रहनुभएको थियो । अतिथिका रुपमा होराइजन जिविएसका प्राचार्य गोपालप्रसाद आचार्य, उपप्राचार्य इन्द्रप्रसाद भुसाल, ज्ञानेश्वर ज्ञवाली, शैक्षिक निर्देशक जिवनाथ भण्डारी, प्राध्यापक डा. नारायणप्रसाद पन्थ, डा.तारानाथ भट्टराई, डा.मुरारि पराजुली, प्रदिप अर्याल, प्रकाश घिमिरे, लक्ष्मणप्रसाद गौतम, रुद्र भुसाल लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक कर्मचारीहरू रहनुभएको थियो ।
प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन तथा सरस्वतीको तस्वीरमा माल्र्यापण गरी सुरु भएको स्वागत समारोहमा विद्यालयका उपप्राचार्य इन्द्रप्रसाद भुसालले कार्यक्रमको औचित्यमाथि प्रकाश तथा नवआगन्तुक विद्यार्थीलाई शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँले विद्यार्थीहरूले अनुशासित भई आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्दै अध्ययन गर्नु पर्ने र यही नै सफलताको चाँबी रहेको बताउनुभयो ।
यसैगरी विशिष्ठ अतिथिको मन्तव्य राख्दै बुटवल मोडल कलेजका प्राचार्य डा. नेत्रप्रसाद बस्यालले नवआगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिंदै उच्च शैक्षिक सफलता प्राप्तिका लागि निरन्तर रुपमा लाग्न आग्रह गर्नुभयो । विशिष्ट अतिथिको मन्तव्य राख्दै क्षितिज इन्टरनेशनल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठले न्यु होराइजन भित्र, न्यु होराइजन मा.वि.न्यु होराइजन कलेज होराइजन जिविएस, क्षितिज इन्टरनेशनल कलेज, बुटवल मोडेल कलेज र पाल्पा होराइजन रहेको बताउनुभयो । उहाँले कक्षा १२ उत्तीर्ण भए पछि पनि विद्यार्थीहरूले विविए, विविएस, विएस्सी अध्ययनका लागि बाहिर जानु नपर्ने होराइजन ब्राण्डका कलेजहरू न्यु होराइजन कलेजमा वि.एस्सी, विविएस, एमविएस, क्षितिज इन्टरनेशनल कलेज कालिकानगरमा विविए र बुटवल मोडेल कलेजमा विएचएम अध्ययन गर्न सकिने हुँदा कक्षा १२ पछिका लागि धेरै विद्यार्थीहरुको रोजाईसमेत होराइजन परेको बताउनुभयो ।
यसैगरी अभिभावक संघ रुपन्देहीका अध्यक्ष एवम् केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले होराइजन संस्थाले राष्ट्रकै नेतृत्वदायी संस्था भएको र यसबाट अध्ययन गरेका तमाम विद्यार्थी डाक्टर इन्जिनियर, सि.ए., लगायत विभिन्न वित्तीय संस्थाहरूलाई नेतृत्व दिन सक्ने जनशक्ति उत्पादन बताउनुभयो । उहाँले राष्ट्रामा राजनीतिक वितृष्णा छाइरहेको हुँदा राष्ट्रको लागि कुशन नेतृत्व दिन सक्नेगरी नेतृत्व विकास गर्नुपर्नेतर्फ पनि सचेत बनाउनुभयो । होराइजन ब्रान्डेड संस्था हो यसको क्वालीटिमा उच्चस्तर छ भन्दै उहाँले अभिभावकहरू निश्चिन्त हुनका लागि आग्रह गर्नुभयो । बाल बच्चाको सुन्दर भविष्य निर्माण गर्नका निम्ति अभिभावकज्यूहरू समेत चनाखो हुनुपर्नेमा पनि संकेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र कसजू श्रेष्ठले होराइजन एक किसिमको ब्रान्ड बनिसकेको छ र यो ब्रान्डलाई निरन्तर अगाडि बढाउनका निम्ति विद्यार्थी, प्राध्यापक, कर्मचारीहरू साथै सञ्चालक तथा संस्थापकहरु समेत सदैव चनाखो हुनुपर्ने कुरा बताउनुभयो ।
प्राचार्य गोपालप्रसाद आचार्यले स्वागत मन्तव्य राख्दै लगनशील विद्यार्थी, समर्पित शिक्षक, सचेत अभिभावक, कुशल व्यवस्थापकबाट मात्र राम्रो नतिजा प्राप्त गर्न सकिन्छ यसर्थ सबैको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिंदै राम्रो जिपिए मात्र ठूलो कुरा नभई जीवनका हरेक पाटाहरुमा अब्बल र उदाहरणीय भूमिका खेल्न सक्नेगरी आफूलाई विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
कक्षा १२ का तर्फबाट नवआगन्तुक विद्यार्थीहरूलाई कक्षा १२ की छात्रा कविता पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले आफूले होराइजन गौतम बुद्ध मा.वि. ड्राइभरटोल छनौट गरी हाल कक्षा १२ मा अध्ययन गर्दै गरेको र आफूले सहि विद्यालय छनौट गरी अध्ययन गरेकोमा सधै गर्व फिल भएको कुरा बताउनुभयो । कक्षा ११ को प्रतिनिधित्व गर्दै छात्रा साक्षी शर्माले कक्षा ११ र १२ को अध्ययनको लागि होराइजन गौतम बुद्ध मा.वि. छनौट गरेकोमा गौरव महशुस गरिन् ।
प्रमुख अतिथिको मन्तव्य राख्दै राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख रमाकान्त तिवारीले रुपन्देहीलाई शैक्षिक हबका रुपमा विकास गर्नमा न्यु होराइजन कलेज (होराइजन गौतम बुद्ध मा.वि.) को ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले विद्यार्थीले ४ जिपिए मात्र ल्याउनु ठूलो कुरा होइन राष्ट्रका लागि अशल नागरिक बन्न सक्नु ठूलो कुरा हो भन्नुभयो । उहाँले ४ जिपिए भन्दा पनि संस्कार, सहयोगी भावना र अशल विद्यार्थीको खाँचो रहेको कुरा बताउनुभयो । उहाँले होराइजन गौतम बुद्ध मा.वि. ले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा आफ्नो विशिष्ट नाम बनाउन सफल भएको छ । यस संस्थामा विद्यार्थीको चाप हुनुमा विद्यालयको क्वालिटी, कुशल शिक्षकहरु र व्यवस्थापन पक्ष नै हो त्यसैेले विद्यार्थीहरुले सही शिक्षण संस्था छनौट गरी आउनुभएको र विद्यार्थी तथा अभिभावकलाई होराइजन गौतम बुद्ध मा.वि.ले निराश नबनाउनेमा आफू समेत विश्वस्त रहेको कुरा बताउनुभयो । साथै उहाँले विद्यालय तथा विद्यार्थीको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो ।
कार्यक्रममा कक्षा ११ र कक्षा १२ को त्रैमासिक तथा वार्षिक परीक्षामा विज्ञान तथा व्यवस्थापन संकायबाट प्रथम,द्वितीय एवंम तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । यसैगरी २०८०÷०८१ मा कक्षा १२ को अध्ययन पछि विभिन्न विद्यामा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल विद्यार्थीहरू तथा शान्ति मा.वि.द्वारा आयोजित फूटबल प्रतियोगितामा सहभागी भई विजयी हुन सफल शिक्षक एवम् कर्मचारीहरूलाई र विद्यालयको नेतृत्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न विधामा प्रतिस्पर्धा गर्दै उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमलाई रोचक बनाउनका लागि मनोज प्रसाद सापकोटाको संयोजनमा विद्यार्थीहरुले विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन छात्राद्वय बन्सिका न्यौपाने र आर्युषा पौडेलले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्